गगनशिला खड्का
गुल्मी २२ फाल्गुण । अर्थमन्त्री डाक्टर रामशरण महतले संविधान सभावाट संविधान जारी गर्न कसैले रोक्न नपाइने बताएका छन् । शुक्रबार दोश्रो गुल्मी महोत्सव उद्घाट्न गर्न गुल्मी आईपुगेका डाक्टर महतले सड्कवाट संविधान जारी नहुने भन्दै उनले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बताए । नेपाली काँग्रेसका बरिष्ठ नेता समेत रहेका महतले सानो सानो बहाना बनाएर संविधान सभाको औचित्य समाप्त पार्ने प्रयास गर्न नहुने बताए । सरकार भन्दा बाहिर रहेका राजनितिक दलहरु र सरकारले पनि संविधान सभाबाट संविधान जारी गर्ने कुरालाई ध्यान दिदैँ लचकता अपनाउनु पर्ने नेता महतको भनाई छ । महतले संविधानका अन्र्तबस्तुहरुमा सहमति भएपनि संघियताको विवादले संविधान जारी हुन नसकेको बताए ।
उनले संघियता भित्र पनि केही जिल्लाहरुको साना तिना विवाद्ले अड्काएको बताए । उनले स्वदेशमा लगानी भित्रिनको लागी नेपालमा संविधान छैन भन्ने भ्रम रहेको बताए । उनले अन्तरिम संविधानका आधारमा देश चलिरहेको भएपनि संविधान विहिन देश भनेर अन्र्तराष्ट्रिय स्तरमा चर्चा चलिरहेको बताए । उनले जनताको प्रतिनिधीले आफैले निर्माण गरेको संविधान बन्ने अवस्थामा रहेको बताएका छन् । उनले आर्थिक संबृद्धी विना देश अगाडी बढन् नसक्ने बताए । उनले हिजो र आजको विकासमा आकाश र धर्ति विचको अन्तर रहेको बताए ।
अर्थमन्त्री महतले एकिकृत नेकपा माओबादी नेतृत्वको मोर्चाका कारण बजेट निर्माणमा ढिलाई भएको बताएका छन् । दोस्रो गुल्मी महोत्सवको उद्घाटन गर्न शुक्रबार गुल्मी आएका मन्त्री महतले अर्थ मन्त्रालय सके सम्म चाडोँ बजेट ल्याउने तयारी गरिरहेको भएपनि सदनमा देखिएको अबरोधका कारण आफूहरू चाँडो भन्दा चाडो बजेट निर्माणमा असमर्थ भएको बताए । उनले आगामी आर्थिक बर्षको लागि ७ सय ४० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भईरहेको समेत बताए ।






