प्रहरी हिरासतभित्र शौचालयमा झुण्डिएको अवस्थामा

गुल्मी, १७  फागुन– जिल्ला प्रहरी कार्यालय गुल्मीमा हिरासतमा रहेका एकजनाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका  ८ निवासी ३९ वर्षिय रामबहादुर विक शनिबार बेलुकी हिरासतभित्रै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अम्बिकाप्रसाद गुप्ताका अनुसार विक आफ्नै सर्टको पासो लगाएर झुण्डिएका हुन् । विकलाई शुक्रबार चोरीको अभियोगमा प्रक्राउ गरि प्रहरीले हिरासतमा राखेको थियो । विकसँगै १२ जना हिरासतमा रहेको प्रहरीले जनाएको छ ।

विक शौचालय गएको र लामो समयसम्म शौचालयबाट नफर्केपछि खोजी गर्दा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।