शिब भण्डारी,
लन्डन ,शनिवार गएको महाभुकम्पमा परेका पीडितहरुका लागि आफ्नो प्रस्तुतीको सूची नै परिवर्तन गरेर गायक शिव परियार, गायिका अञ्जु पन्त तथा नायिका प्रियंका कार्की राहत संकलनमा जुटेका छन् । आफ्नो प्रस्तुतीका लागि युके आईपुगेका कलाकारहरुले नेपालमा भएको क्षतिमा सहयोग गर्नका लागि कार्यक्रमको स्वरुप परिवर्तन गरेका हुन् । युकेमा शुभकामना साँझ २०७२ मा प्रस्तुती दिनका लागि लागि पुगेका कलाकारहरुको प्रस्तुती हुने दुई दिन अघि नै नेपालमा भुकम्प गएको थियो । शुभकामना साँझलाई व्यवस्थापन गरिरहेका कार्यक्रमका आयोजक विरेन खड्काले व्यावसायीक कार्यक्रमलाई सेवामुखि बनाउन लागे । उनले कार्यक्रम नरोकी कार्यक्रमबाट उठेको रकम नेपाल पठाउने लन्डनस्थित पत्रकारसम्मेलनमा कलाकारहरुसँग बताएका हुन् । ‘अझै दुईवटा कार्यक्रम बाँकी छ’, गायक शिव परियारले भने–‘यो बेला म र अञ्जु पन्त मिलेर सेन्टिमेन्टल गीत गाईरहेका छौं भने प्रियंकाले कार्यक्रम संचालन गरिरहेकी छन् ।’ बिजीजे ईभेन्ट एण्ड डिजे कम्पनीले आयोजना गरेको शुभकामना साँझका लागि कलाकारहरु अप्रिल २७ हुने कार्यक्रमलाई युके आईपुगेका छन , तर २७ अप्रिलमा आएको भुकम्पपछि कार्यक्रमको स्वरुप परिवर्तन गरेर कलाकारहरु राहतका लागि रकम संकलनमा लागेका छन |
लन्डनस्थित अल्डरशट,प्रीन्सेस हलमा चयारिटी कायक्रम सम्पन्न भयो।नायिका प्रियंका कार्कीले भनिन्, न कुनै नाच-गान, न कुनै मनोरञ्जन, मात्र नेपालको लागि एकता। हामी भेला भयौ, नेपाललाइ सम्झनामा राख्यौ, डोनेशनहरु लियौ। २ घन्टामा १ लाख, ५० हजार उठयौ। हिजो त सुरुवात हो। अझै धेरै कम्युनिटिहरुमा जान्छु, अझै सहयोग बटुल्छु, र सबै लियेर, नेपाल गएर आफै खट्छु।प्राथनाले मात्र हुन्न! जति सक्दो सहयोग गरौ।हिजो सम्पन्न भएको क्यान्ड्ल लाइट कार्यक्रममा प्राथना संग-संगै धेरै सहयोग, डोनेशनहरु उठाउन हामी सफल भयौ।राहतका लागि संकलित ,नेपालमा गएर भूकंप पीडितहरुको लागि खर्च गरिने बताइएको छ|












