केशव भण्डारी
बेलायत,
नेपालमा अप्रिल २५ तारिख आएको विनाशकारी भूकम्पले पीडितहरुलाई बेलायतमा बस्ने नेपाली समुदायहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग संकलन गरी नेपाल पु¥याउने कार्यमा जुटेका छन् ।
बेलायतको मिडल्याण्ड र क्याम्ब्रिजशायरमा रहेका नेपाली संघ संस्थाहरुले आ–आफनो क्षेत्रमा चन्दा संकलन गरी सामूहिक रुपमा गोरखाको भूकम्पपीडित क्षेत्र मान्बु, तान्द्राङ गा.वि.स.को एरियामा दुईवटा स्वास्थ्य शिविर खडागरी सहयोग गरेका छन । पाँच डाक्टर, सात हेल्थ असिस्टेण्ट र २४ जना स्वयंसेवक सहितको टोलीले तान्द्राङको आरुघाट र मान्बुको बसेरामा यही मे २ र ३ तारिखमा शिविर संचालन गरी करीव दुईसय जनाको स्वास्थ्य उपचार र २०५ जनालाई त्रिपाल, चामल, नुन, आलुलगायतका खाद्यान्न सामाग्री वितरण गरिएको छ । ![11210156_891432774229455_1919217467_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/11210156_891432774229455_1919217467_n1-300x225.jpg)
![11210156_891432774229455_1919217467_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/11210156_891432774229455_1919217467_n1-300x225.jpg)
यातायातको असुविधाको कारण भरिया र खच्चडको सहायताले गुम्दी गाउँसम्म राहत समाग्री वितरण गरिएको बेलायतबाट यसको संयोजन गरिरहनुभएका शान्ति नेपाली समाज बेलायत, बर्मिङघमका अध्यक्ष काशिनाथ शर्माले जानकारी गराउनुभएको छ । ![11186423_891432987562767_659334656_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/11186423_891432987562767_659334656_n1.jpg)
![11186423_891432987562767_659334656_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/11186423_891432987562767_659334656_n1.jpg)
नेपाल भूकम्पको महाबिपत्तीमा परेलगत्तै शान्ति नेपाली समाज बर्मिङघम, हाम्रो नेपाली समाज ओल्भरह्याम्पटन, पिटरबरो नेपाली समाज, क्याम्बिृजशायर, नेपाली समाज नटिङ्घम, श्रृजनशिल लेष्टर समाज, साझा नेपाली समाज यू.के., भिजन ह्युमिनिटी, श्री पशुपति मन्दिर, बर्मिङ्घम लगायतका संस्थाहरुले संयुक्तरुपमा श्री काशिनाथ शर्माको संयोजकत्वमा एक भूकम्पपीडित राहत समिति गठन गरेका थिए ।
उक्त समितिमा राजु कंडेल, शंकर भण्डारी, बिष्णु चालिसे, पशुपति पोखरेल, केशव भण्डारी, मिलन सापकोटा, कृष्ण ढकाल, पवन शर्मा, तारा भण्डारी, दयानिधि सापकोटा, गंगाधर गौतम, सुरेश भण्डारी तथा ललित भुषाल लगायतका रहनुभएको छ । ![11122451_891432737562792_1876374981_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/11122451_891432737562792_1876374981_n1-300x225.jpg)
![11122451_891432737562792_1876374981_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/11122451_891432737562792_1876374981_n1-300x225.jpg)
नेपालमा शान्ति नेपाली समाज, नेपाल नामक सामाजिक संस्थाको समन्वयमा नेपालमा कार्य गर्नेगरी उल्लेखित संस्थाहरुले संयुक्तरुपमा हालसम्ममा ३५ लाख रुपिया नेपाल पठाई राहत सहयोगको कार्य गरिरहेका छन् । गोरखामा हालै गरिएको स्वास्थ्यकर्मी सहितको स्वास्थ्य शिविर एवं राहत कार्यलाई अबका दिनमा राहत कार्यलाई अघि बढाउदै सिन्धुपाल्चोकका विभिन्न भूकम्प प्रभावित क्षेत्रहरुमामा कार्य शुरु गरिसकेको छ । सिन्धुपाल्चोकका अति प्रभावित क्षेत्रहरुमध्ये नहलपुर, भोटेचौर, कुन्चोक, बाढीगाउँ लगायतका गाउँमा राहत वितरणका लागि काठमाण्डौंबाट कालाकार सहितको स्वयंसेवक टोली राहात लिएर अाजै त्यसतर्फ जान लागेको सिर्जनशील लेस्टरका अध्यक्ष पशुपति पोखरेलले बताउनुभएको छ । ![11225687_891432717562794_54326083_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/11225687_891432717562794_54326083_n1-225x300.jpg)
![11225687_891432717562794_54326083_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/11225687_891432717562794_54326083_n1-225x300.jpg)
नेपाल भूकम्पले संकटग्रस्त भएपछि बेलायतका मिडल्याण्ड र क्याम्बिृजशायरमा बस्ने नेपाली समुदायहरु अभियानकै रुपमा सहयोग संकलन जुटेको पाइन्छ । यहाँका स्थानिय काउन्सिलहरुले पनि यस सहयोग संकलन कार्यलाई खुलेरै सहयोग गरेका छन् । पिटरबरो, लेस्टर, नटिङ्घम, बर्मिङ्घम, ओल्भरह्याम्पटन लगायतका शहरमा दिनहुँ शहर चोक चोकमा बकेट थापेर सहयोग संकलन गर्ने गरेको देखिन्छ । साथै क्यान्डिल लाईट तथा भूकम्पले ज्यान गुमाएकाहरुका लागि श्रद्धान्जली कार्यक्रमहरु भईरहेका छन् । यस क्षेत्रबाट पाल, कम्बलहरु र अन्य सहयोगका सामाग्रीहरु पठाउने कार्य पनि भईरहेको छ ।पिटरबरो नेपाली समाजका पूर्व अध्यक्ष महेश अधिकारीले दिएको जानकारी अनुसार पिटरबरोको मुख्य स्क्वायरमा सिटी काउन्सिलको संयोजनमा आगामि मे ९ तारिख शनिबारका दिन सहयोग संकलन एवं भूकम्पले ज्यान गुमाएकाहरुका लागि श्रद्धान्जली कार्यक्रम पनि रहेको बताउनुभएको छ ।






