कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादव ।
हेलिकम्पटर चढेर भूकम्पपीडितलाई भेट्न ओखलढुंगा पुगेका राष्ट्रपति यादवले राष्ट्रप्रमुखकै हैसियतमा रहदा आज पहिलोपटक एक सभाषदद्धारा सामान्य विवादमा आफ्नै सामुन्ने विवादका साथ हप्कीदप्की खेप्नुपरेको हो ।
आज दिउँसो २ बजे जिल्ला विकास समिति ओखलढुंगाको सभाहलमा भुकम्पबाट संकटग्रस्त जिल्लाको अनुगमन क्रममा त्यहा भएको क्षतिका बारेमा राष्ट्रपति यादवलाई जानकारी दिन आयोजित कार्यक्रममा आफुले बोल्न नपाएको भन्दै एमाले केन्द्रिय सदस्य तथा सभासद् यज्ञराज सुनुवारले हाकाहाकी रुपमा राष्ट्रपतिसंग विवादमा उत्रिएका थिए ।
वन मन्त्री महेश आर्चायको पनि सहभागी रहको कार्यक्रममा बोलेपछि सभासद् सुनुवारले आफ्ना कुरा राख्न एक मिनेट समय मागेपछि राष्ट्रपति यादवले सो कुरा सुन्न नचाहेपछि विवाद सिर्जना भएको हो ।
बिबाद यस्तो थियो:
राष्ट्रपति डा.रामवरण यादव :-
–पार्टीको नेताहरुबाट कुरा सुनिसकेकोले तपाईको कुरा सुन्नु छैन
–राष्ट्रपति भएको सातवर्ष बित्दा पनि कसैले मुख लागेको थिएन पहिलो पटक यस्तो व्यवहारले दुःख लाग्यो
सभासद् यज्ञराज सुुनुवार:-
–तपाई आउदा पनि छापामार शैलीमा आउनुभयो । अहिले एउटा कुरा राख्छु भन्दा पनि सुन्न नमान्ने ?
–केन्द्रमै बसेर केन्द्रकै नेताको कुरा सुने भै गो नि । किन जिल्ला घुमेर राज्यको ढुकुटीको खर्च गर्ने ?
पत्रकारलाई भित्र र बाहिर गराइयो
राष्ट्रपति जिल्ला सदरमुकाम आएपछि जिल्ला विकासको हलमा अन्तरक्रिया शीर्षकमा कार्यक्रम राखिएपनि व्यावस्थापन लथालिङ्ग थियो । सबै अन्योलमा थिए । अन्तरक्रिया कार्यक्रम भनेपनि नेपाली सेनाले जिल्लास्थित पत्रकारहरुलाई घरि बाहिर निकाल्ने र घरि भित्र बोलाउने काम गरिएको थियो । ‘फोटो मात्रै खिचेर बाहिर जानुस्’ भन्दै जर्बजस्ती बाहिर निकालिएका पत्रकारलाई पुनः ‘आउनुस्’ भन्दै बोलाइएको थियो । पत्रकारहरुले समेत अव्यवस्थित कार्यक्रमको विरोध गरेका छन् ।
राष्ट्रपति यादवले सभासद् सुनुवारबिच भएको विवादलाई लिएर समाचार नलेख्नोस् भन्दै हात जोडे । हात जोडे भने, ‘तपाई पत्रकारहरु राम्रो कुरा भन्दा झन् यस्तो कुरालाई लिएर बढी समाचार लेखिदिनुहुन्छ । कृपया यो विषय नलेखिदिनुहोला ।’
हलबाट बाहिरिने क्रममा समेत सभासद् माथि आफ्ना असन्तुष्टि अनौपचारिक रुपमा समेत पोख्दै आफुलाई मुख लागेकोमा दुखेसो गरे । उनका साथमा काँग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष विद्या भण्डारी, वन मन्त्री महेश आचार्य र पूर्व पर्यटन मन्त्री शरद्सिंह भण्डारीसहित थिए ।
रामेछाप अनुगमन गरि ओखलढुंगा पुगेका राष्ट्रपति यादवले जिल्लाको पश्चिमी गाविस रगनी पुगेर शुक्रबार नै राजधानी फर्किएका छन् ।







