शान्ति थापा कुँवर सम्मानित

लन्डन– विश्व मगर संघ बेल्जियमले नेपाल मगर संघकी केन्द्रीय सदस्य एवं यूरोप–अमेरिका संयोजक शान्ति कुँवर थापालाई सम्मान गरेको छ ।

माघे संक्रान्तिका अवसरमा जनवरी १४ मा बेल्जियमको लुभेनमा भएको कार्यक्रममा पगरी गुथाएर सम्मान गरिएको हो । उनी एनआरएन यूके उपाध्यक्ष तथा मगर संघ यूकेका सल्लाहकार हुन् ।

h4कार्यक्रमलाई सम्बोधन गर्दै थापाले संघको सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताइन् ।