गगनशिला खड्का
गुल्मी ७ असार । आज दिउँसो परेको मुसलधारे पानी संगै परेको चट्याङ्गका कारण गुल्मीमा एक जनाको मृत्यु भएको छ । गुल्मीको सदरमुकाम तम्घास स्थित रेसुङ्गा नगरपालिका ८ भुजेलखर्क निवासी राम बहादुर सुनारको घरको पालीमा ओत लागेका दर्लामचौर ८ का ३३ बर्षिय उमाकान्त घर्ती क्षेत्रीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । खडेरी हेर्न पुगेका तारादल गण दाङ्गमा कार्यरत घर्ति एक्कासी मुसलधारे पानी परेपछि सुनारको घरमा पालीमा ओत लागेका थिए । घरविदामा आएको पन्ध्र दिन नबित्दैँ उनको चट्याङ्गका कारण मृत्यु भएको मृतकका जेठान नेपाल पत्रकार महासंघ गुल्मीका सहसचिव ज्ञान बहादुर महताराले जानकारी दिए । चट्याङ्गका कारण एकको मृत्यु गगनशिला खड्का गुल्मी ७ असार । आज दिउँसो परेको मुसलधारे पानी संगै परेको चट्याङ्गका कारण गुल्मीमा एक जनाको मृत्यु भएको छ । गुल्मीको सदरमुकाम तम्घास स्थित रेसुङ्गा नगरपालिका ८ भुजेलखर्क निवासी राम बहादुर सुनारको घरको पालीमा ओत लागेका दर्लामचौर ८ का ३३ बर्षिय उमाकान्त घर्ती क्षेत्रीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । खडेरी हेर्न पुगेका तारादल गण दाङ्गमा कार्यरत घर्ति एक्कासी मुसलधारे पानी परेपछि सुनारको घरमा पालीमा ओत लागेका थिए । घरविदामा आएको पन्ध्र दिन नबित्दैँ उनको चट्याङ्गका कारण मृत्यु भएको मृतकका जेठान नेपाल पत्रकार महासंघ गुल्मीका सहसचिव ज्ञान बहादुर महताराले जानकारी दिए ।






