नर्दन आयरल्याण्डको १९ हजार पाउण्ड राहत कोषमा :

शिव भण्डारी

लन्डन– बेलायतमा नेपालका भूकम्प पीडितका लागि सहयोग रकम जुट्ने क्रम निरन्तर चलिरहेको छ । पछिल्लो पटक प्रधानमन्त्री राहत कोषमा नेपाली कम्युनिटी नर्दन आयरल्यण्डले १९ हजार पाउण्ड उपलब्ध गराएको छ । उक्त रकम बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री र राहत संकलन संयोजक सूर्य गुरुङलाई नेपाली कम्युनिटी नर्दन आयरल्यण्डका अध्यक्ष लक्ष्मण चिमोरिया र नारायण कडेलले आयोजित एक कार्यक्रम का हस्तान्तरण गर्नुभयो । 11349064_10204452076610808_168422065_n[1]

 

लण्डनस्थित नेपाली दूतावासले कार्यवाहक राजदूत क्षेत्रको अध्यक्षतामा नेपाल–ब्रिटेन राहत कोष स्थापना गरी नेपालका भूकम्प पीडितका लागि सहयोग संकलन गरेको थियो । बेलायतमा रहेका विभिन्न नेपाली समुदायले संकलित रकम राहत कोषमा बुझाएका थिए । क्यान्डल लाइट, रेस्टुरेन्टमा भौचर बाँडेर तथा प्लेकार्ड प्रदर्शन गरेर रकम संकलन गरेको समाजका तर्फबाट राहत संकलन संयोजक नारायण कँडेलले जानकारी दिए ।11650774_10204452077010818_2106255301_n[1]

कँडेलले दिएको जानकारीअनुसार स्थानीय नेपालीले सार्वजनिक स्थानमा बुुद्ध तिम्रो जन्मभूमिलाई निराश हुन दिन्नौं लेखिको प्लेकार्ड प्रदर्शनी गरिएको थियो । राहत संकलनमा सहयोग गर्ने सम्पूर्ण समुदायलाई समाजको तर्फबाट विद्या तिवारीले धन्यवाद दिइन् ।

 

 

11652126_10204452077330826_517273831_n[2]