लन्डन– दिमागको सर्भिसिङ ? ‘यस्तो पनि हुन्छ र ?’ तपाईंलाई प्रश्न गर्न मन लाग्यो होला ।
अवश्य छ । मानिसको हार्ट, इमोसन्स् लाई सर्भिसिङ (सफा) गर्न नेपालबाट आएका छन्, कोच ईन्द्र गुरुङ ।
नेपाल ओलम्पिक कमिटीको साइकोलोजी एण्ड ब्रेन कोच र हग एण्ड हिलका संस्थापक गुरुङ अमेरिकी संस्था ह्यूमेन्स अफ आवर वरेल्डको एसिया एम्बेसेडर पनि हुन् । उनले दिने लाइफ कोचिङ धर्मसँग होइन, मनोविज्ञान र पूर्वीय दर्शनसँग सम्बन्धित छ ।
पारिवारिक विचलन खेपेका वा डिप्रेसनमा गएकालाई काउन्सिलिङ र मानिसको क्रियटिभिटी बढाउन एक्जुकेटिभ कोचिङ गराइने समेत उनले जनाए ।
स्किल्स् एण्ड केयरले आगामी ११ सेप्टेम्बर आइतवार उनीसँग चाल्टर्न एथलेटिक फुटबल क्लव हलमा वर्कसप गर्ने भएको छ । यसबाहेक १२ मा अल्डरसटमा एक्जुकेटिभ कोचिङ तय छ भने १९ सेप्टेम्बर, सोमबार एम्पायर हल अल्डरसटमा आयोजना हुँदैछ ।






