लन्डन– चर्चित सांगीतिक ब्यान्ड मन्त्र अहिले लन्डन उत्रिएको छ । लन्डन यात्रा मन्त्रका लागि संघर्षपूर्ण रह्यो ।
गत वर्ष भिसा लिएर ठीक्क परेकाबेला कार्यक्रम नै स्थगित भयो । फेरि नोभेम्बरमा कोरोनेट हलमा एक्कासी घट्ना भएपछि सांगीतिक यात्रामा ब्रेक लाग्यो । यसपटक कार्यक्रम तय त भयो, दूतावासले भिसा नै दिएन । तर अपिल गरेर मन्त्र ब्यान्डले यात्रा तय गरेरै छाड्यो ।
२ सेप्टेम्बरमा बेलायत उत्रिएको उक्त ब्याण्डले पहिलो शो इलेक्ट्रिक ब्रिक्सटनमा गरिसकेको छ । पहिलो बेलायत भ्रमणको पहिलो कार्यक्रम सफल भएको ब्याण्डले जनाएको छ ।
मन्त्रले आगामी आइतबार बुद्ध बार एण्ड ग्रील रेष्टुरेन्ट, स्टेन्स्मा साँझ ७ बजेपछि कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रवेश नि:शुल्क भएको जनाउँदै रेष्टुरेन्ट सञ्चालक किशोर थापाले इच्छुक संगीतप्रेमीलाई आउन आग्रह गरेका छन् । यसअघि उक्त ब्याण्डले साउथ ह्यारोस्थित ठमेल रेष्टुरेन्टमा पनि कार्यक्रम गरेको थियो ।






