राजपाको चित्त अझै बुझेन, राजपालेनै गर्‍यो अस्वीकार

काठमाडौं- दुई नम्बर प्रदेशको चुनाव असोज २ मा गर्ने सरकारको निर्णयलाई राजपाले नै अस्वीकार गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा मनाउन सरकारले मिति सारेको हो ।

राजपाले २ नम्बर प्रदेशमा मात्र नभई ५ नम्बर प्रदेशमा पनि असोज २ मा चुनाव हुनुपर्ने माग गरेको छ ।

मधेस, थरुहट तथा लिम्बुवान क्षेत्रमा असोज २ मा चुनाव हुनुपर्छ भन्ने हाम्रो माग हो । २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हामीलाई मान्य छैन,’ राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने ।