लन्डन टावर ब्लकमा भएको आगलागीबारे छानविन गर्न प्रधानमन्त्रीको आदेश

लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले पश्चिम लण्डनको २४ तले एक भवनमा भएको आगलागीबारे छानविन गर्न आदेश दिएकी छन् ।

घटनालाई दुःखद भन्दै प्रधानमन्त्री मेले यसबारे अनुसन्धान हुनुपर्ने बताइन् । दुर्घटनास्थलको भ्रमण गर्दै प्रधानमन्त्री मेले यसबारे बृहत र सार्वजनिक रुपमा अनुसन्धान गर्न आदेश दिएकी हुन् ।

लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले टावरमा आगलागी हुँदा १७ जनाको ज्यान गएको पुष्टि भएको छ । अग्नि नियन्त्रकले ६५ जनाको उद्धार गरेका छन् ।

आगलागीको कारण अझै थाहा भएको छैन ।