लण्डनको वेम्ली एरिनामा ‘दश हजार नेपाली दर्शक’ उत्रिने [भिडीयो सहित]

लन्डन । लन्डन वेम्लीस्थित विश्वप्रसिद्ध एसएसइ एरिनामा नेपालीले अर्को ऐतिहासिक कन्सर्ट गर्न २५ जना कलाकारहरु लण्डन अाइपुगेका छन् ।

आगामी शनिबार वेम्ली एरिनामा बी फेस्ट र पर्चा प्रोडक्सनले गर्न लागेको ‘जुन फेस्टिभल’ नामक कन्सर्टका लागि कलाकारहरुको टिम बुधबार लन्डन उत्रिएको हो ।

गायक बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड), अल्बाट्रोस, कुटुम्ब एवं एज ब्याण्ड गरि चारवटा व्याण्डले एकैपटक गीत संगीत प्रस्तुत गर्ने तयारी छ ।

19060074_1301908309927694_7042025578382314370_n
आयोजकका तर्फबाट कार्यक्रम सफल बनाउन समिर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ र प्रशासन गुरुङ

‘तयारी व्यापक छ ‘। आज शुक्रबार अन्तिम रिहर्सल हुनेछ । हामी शनिबारको कार्यक्रमका लागि ज्यादै उत्साहित छौं ,आयोजक पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङले भने ।

साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्यूमा कम्तीमा दश हजार दर्शक उतार्ने आयोजकको लक्ष्य छ ।

उक्त कन्सर्ट का लागि ३५ पाउण्ड प्रवेश शुल्क तोकिएको छ ।

कार्यक्रममा सहभागी भएर कलाकार अनि नेपाली गीत-संगीतप्रतिको माया दर्शाइदिन आयोजकले बेलायतवासी सबै नेपालीमा आग्रह गरेका छन् ।