लन्डन- हिन्दू महिलाहरुको महान पर्व तीजमा साउथ इस्ट लन्डनमा पनि हरितालिका तीज मनाइने भएको छ।

साउथ इस्ट लन्डनमा बस्ने नेपाली हिन्दू महिलाहरुको आयोजनामा आगामी अगस्ट ५ तारिख शनिबार दिउसो ३ बजे देखि राति ११ बजे सम्म तीज मनाइन लागेको हो।
साउथ इस्ट स्थित रडिकल कलब को सभाहलमा आयोजना गरिने सो कार्यक्रममा पुरुषहरुले पनि सहभागिता जनाउन सक्नेछन् । माया केसी भन्छिन दाजु भाईले दर पकाउने र दिदी बहिनी लाई दर खुवाउने यस पबित्र दिन मा सम्पूर्ण दाजु भाईलाई पनि चुलै निम्तो छ। कार्यक्रमलाई सहयोग गरि सफल पारिदिनको लागि आयोजक महिलाहरुले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अपिल समेत गरेका छन् ।
कार्यक्रम सफल बनाउन श्रद्धा थापा 07823448863 माया केसी 07481545456 संयोजन गरिरहेका छन् ।
यसै बीच गत वर्ष पनि सो महान पर्व साउथ इस्ट लन्डनमा भब्य मनाइएको थियो ।
स्थान : RADICAl CLUB- 83-88 WALMER TERRACE PLUMSTEAD LONDON SE 18 7DZ






