केन्टमा प्रथम नौमीति बाजा घंक्यो दोस्रो उपाधि जित्न सफल :

टनब्रिरज केन्ट
२० जुन दिन केन्टस्थित शान्त सहर टनब्रिरज । घमाइलो मौसम । सहरको दायाँबायाँ सडकमा रमिता हेर्न ५० भन्दा बढी समुदायका ४० हजार जति एकत्रित थिए ।
‘टनब्रिरज समर कार्निभल’ मा एउटा भिन्न आकर्षण थियो नौमती बाजा । प्रथम नौमती बाजा गुल्मी यूके समूहले त्यहाँ हालै नेपाली मौलिक धुन घन्काउँदा रमितेहरूको ध्यान नखिच्ने कुरै भएन । ‘अरू ब्यान्डभन्दा हाम्रो नौमतीको रैनक्ता आकर्षक गर्‍यो,’ उक्त समूहका प्रमुख संयोजक ओमप्रसाद थापा हँसिलो मुद्रामा भन्दै थिए, ‘सडकमा लामबद्ध हजारौं जनाले नौमतीको तालमा रम्दै तालीले स्वागत गरिरहँदा नेपाली हुनुमा साँच्चिकै गर्व लाग्यो भन्नु भयों ।

10945677_970951476268869_7753968397156056391_n[1]

सोभरेन वे इस्ट कार पार्कछेउ एकत्रित भएर नौमती समूहले करिब एक किमि मार्च पास गर्‍यो, अन्य ब्यान्डसँगै । मेयर र टनब्रीज लायन्स क्लब अध्यक्षको मन नौमती बाजाले साँच्चिकै छोएछ, दर्जनौं प्रतिस्पर्धी ब्यान्डबीच नौमतीलाई यस बर्ष पनी दोस्रो उपाधि दिए उनीहरूले । नौमती बाजाले यसअघि लगातार तीन वर्ष प्रथम स्थान ओगटेको थापाले जनाए । टनब्रिरज नेपाली कम्युनिटीको सहकार्यमा उक्त समूह सन् २०१० देखि नियमित सहभागी छ ।
यस पालिको कार्निभलमा स्थानीय नेपाली समुदाय मौलिक वेशभूषा र नेपाली झन्डा तथा भूपू गोर्खाहरू मेडल गोर्खा हेत लगायर र आर्मी पोसाकमा ठाँटिएर मार्चिङमा सहभागी थिए ।10150679_970951742935509_8323755150164729996_n[1]

जसमा नेपाली समाज टनबिृर्ज केन्टका अध्यक्ष लेप्टन मोहन राना ,सचिव भेष थापा कोषाध्यक्ष याम गुरूड्ग मिडीया पि आर ,दुर्गा बुराथोकी साथै गुल्मी जिल्ला समाज युके का अध्यक्ष अर्जुन गौतम ,नेपाली समाज टनबिृर्ज केन्टका महीला समुह अध्यक्ष शिला राना दिदी बहिनी हरूको सामुहीक नानीहरू को तिपीकल नेपाली पोशाक बाजा गाँजा लिएर मार्चपास ले अती आकर्षक थियो । यस बर्ष भने चाईजीज द्रगन लाएन डान्स पहिलो चोटी नौलो रोचक पनी थियो।
साथै ऊक्तदीन नौमती समुहको लागी खानपिन निशुल्क प्रायोजन गोर्खा प्लानेट  रेस्टोरेन्ट पप्राईटर ज्युहरू दिनेश महर्जन,दियाराम गिरी केशब कराज गिरी ले गर्नुभएको थियो।
नौमती समुहका प्रमुख सयोजक तथा ज़ि.आर.एन. सी. का अध्यक्ष ओम थापा ,बिर बलाल ,लाल काऊचा,,पुर्ण बलाल,तिर्थ साही,गोपाल थापा,भिम थापा,पदम गुरुङ,कुमार राना, याम गलामी,गायक के रि बिर बहादुर थापा ,थिए
बेलायतका कुनाकुनासम्म नेपाली संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ प्रथम नौमती बाजा गुल्मी युके समूहले । सम्मिलित टिम केहीअघि अल्डरसट फान्ब्रो नेपालिहरूको स्थानिय साझा संस्था ग्रेटर रशमूर नेपालि कम्युनिटि, नयाँ युवा समेतको साझेदारी बिभीन्न ठाउ ठाउमा नेपालको माहाभुक्मपको पुन बास तथा स्थापना को लागी चेयारोटी कार्यक्रममा अन्य समुदाय संग सह कार्यहरूमा पनी सहभागी मा बेस्ट छ।11651257_971139752916708_1158953994_n[1]
आउँदो जुलाई  ११ दिनमा बेलायत कै गोर्खा हरूको ईतिहासीक G200 को मुख्य आकर्षण नेपाल कप तथा गोर्खाभेला को दिन पनी सहभागीता जनाउनको निम्ती भब्य तयारी भएको छ। भने जुलाई २६ दिन मेन्चीस्टर मा तहाका एशियन समुदाय संग सहकार्य गरी मेयान्चेस्तर मेला २०१५ भाग लिने साथ स्थानीय नेपाली समुदाय संग मिली नेपाल को निम्ती केही भएपनी सक्दो चन्दा संकलन गर्ने प्रमुख संयोजक थापाले बताय करिब लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको लन्डन मेला २०१५ मा सहभागी हुने तयारीमा छ । ‘हरेक पटक निःशुल्क सहभागिता जनाइरहेका छौं,ख़ाली याता जलपान मात्र सानो सुल्क लिने गर्दछौ ।समूहका प्रमुख संयोजक थापाले भने, ‘यहाँ मौलिक कलासंस्कृति प्रचार गर्न पाउनु नै हाम्रो आम्दानी हो ।’
साथै गुल्मी जिल्ला समाज युके संगसहकार्य गर्दै नेपाल का आशा अपाङ्ग केन्द्र तमघाश नेपाल मा आर्थिक संकलन मा सहयोग पनी गर्दै आएको छ। उक्तदिन सदा बर्ष हरूमा हेल्प फोर हिरो को निम्ति स्थानिय लायनस क्लब,रोयल बिर्टिश लिजन संग सहकार्य गरी  आर्थिक संकलन मा सहायो पुराएको थियो। भने यस बर्ष बिँषेस त नेपालको माहाभुक्मपको पुन बास तथा स्थापना को निम्ती तहाको स्थानीय नेपाली समाज टनबिृर्ज केन्टका अध्यक्ष लेप्टन मोहन राना को नेत्रीतो मा रकम संकलन गरीयको बताउनु भयो।भनी थापाले भन्नु भयों ।