नेकपा एमालेले आज पोलिटब्यूरो सदस्यहरुको चयन र स्थायी कमिटि विस्तार गर्दैछ । नेताहरुले सर्वसम्मतिको प्रयास जारी राखेकाले निर्वाचन आयोगले चुनावी कार्यक्रम अघि वढाएको छैन । अध्यक्ष केपी ओलीसहितका बरिष्ठ नेताहरुबीच सहमतिमै पोलिटब्युरो चयन र स्थायी कमिटि विस्तारका लागि छलफल जारी रहेकोले चुनावी कार्यक्रम अघि नवढाइएको हो ।
एमालेले सर्वसम्मतिबाट पोलिटब्युरो र स्थायी कमिटि चयनका लागि अध्यक्ष ओली र नेता माधवकुमार नेपाललाई जिम्मेवारी दिएको छ । सर्वसम्मतिको प्रयासमा पोलिटब्युरो र स्थायी कमिटि दुबैको संख्या वढाउने तयारी समेत भएको बुझिएको छ ।
यसअघि हिजो एमालेले १७ सदस्यीय स्थायी कमिटि गठन गरेको थियो । आज स्थायी कमिटिलाई विस्तार गरी २५ सदस्यीय पु¥याउने तयारी गरिएको छ ।
एमालेमा सर्वसम्मत स्थायी समिति चयन प्रयास






