काठमाडौं- भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ ।
शनिबार काठमाडौंस्थित अमेरिकी दुतावास अघि ‘साम्राज्यवाद विरोधी’ नाम दिइएको एक समूहले भेनेजुयलाको निर्वाचित सरकारलाई अपदस्थ हुनेगरी अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध प्रर्दशन गरेको हो ।
प्रर्दशनकारीहरुले त्यस क्रममा तत्काल भेनेजुयलामाथिको हस्तक्षेप बन्द गर्न पनि अमेरिकासँग माग गरेका छन् । भेनेजुयलाको स्वाधिनतामाथि हस्तक्षेप गरेकाले अमेरिकाविरुद्ध प्रर्दशन गर्नुपरेको समूहमा आवद्ध संघर्ष दाहालले जानकारी दिउ ।
उनीहरुले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उत्रन पनि सबैलाई आह्वान गरेका छन् । समूहले भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोल मादुरोलाई मान्यता दिन पनि माग गरेको छ ।

अमेरिकाले भेनेजुयलाका विपक्ष दलका नेता जुआन गुआईडोले राष्ट्रपति आफू भएको भनि गरेको स्वघोषणालाई मान्यता दिएको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पनि विरोध गर्दै विज्ञप्ती जारी गरेका थिए ।






