को-को हुने भए राजदूत ?

singha durbar
काठमाडौं- सरकारले विभिन्न २१ देशमा राजदूत नियुक्तका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले रिक्त सबै दूतावासमा राजदूत पठाउने निर्णय गरेको हो ।

सञ्चारमन्त्री शेरधन राईले बेलायतका लागि दुर्गाप्रसाद सुवेदी क्षेत्री, चीनका लागि महेन्द्रबहादुर पाण्डे, जापानका लागि डा. खड्ग केसी, जर्मनीका लागि रमेशप्रसाद खनाल र अस्ट्रेलियाका लागि लक्की शेर्पालाई राजदूतमा सिफारिस गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै, डेनमार्कका लागि युगनाथ लम्साल, साउदी अरबका लागि अलि अफर मिकरानी, इजरायलका लागि डा. शिवमाया तुम्वाहाम्फे, दक्षिण कोरियाका लागि युवराज कार्की, बङ्गलादेशका लागि खगेन्द्र बस्याल, श्रीलङ्काका लागि डा नारदनाथ भारद्वाज नियुक्त हुनुभएको छ । रसियाका लागि निरञ्जन थापा, बहराइनका लागि पदम सुन्दास, संयुक्त अरब इमिरेष्ट (दुबई) का लागि भरतबहादुर रायमाझी, कतारका लागि डा महेन्द्र सिंह, इजिप्टका लागि झमिन्द्रप्रसाद अर्याल, पाकिस्तानका लागि सेवा अधिकारी लम्साल र बेल्जियम ब्रसेल्सका लागि लोकबहादुर थापा हुनुहुन्छ ।

साथै, बाज्रिलका लागि ताराप्रसाद पोखरेल, म्यानमारका लागि ऋषिराम घिमिरे र अस्ट्रियाका लागि प्रकाशकुमार सुवेदी रहनुभएको छ भने ओमन अहिले खाली रहेको प्रवक्ता राईले जानकारी दिनुभयो ।