७० वर्षीया वृद्धा बलात्कृत, बलात्कारी पक्राउ परेनन्

सप्तरी– सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ ।

सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार भएकी थिइन् ।
खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय मानिसले बलात्कार गरेको भन्दै पीडितले प्रहरीलाई उजुरी दिएकी थिइन् ।

घटनाको खबर पाएलगत्तै अनुसन्धानका लागि घटनास्थल पुगेका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरार रहेका आरोपितको पहिचान भइसकेकाले छिट्टै गिरफ्तार हुने बताए ।