बाँके, २६ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालय कोहलपुर बाँकेमा हालसम्म चार सय भन्दा बढी उजुरी दर्ता भएका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार कार्यालयमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी शिक्षाका ९० बढी उजुरी रहेका छन् ।
यसैगरी सङ्घीय मामिलासम्बन्धी ५६, वन तथा भूसंरक्षणसम्बन्धी ५०, भूमिसुधारसम्बन्धी ३२, गृहसम्बन्धी १६, स्वास्थ्यसम्बन्धी १५ र भौतिक योजनासम्बन्धी सातवटा उजुरी कार्यालयमा दर्ता भएका छन् ।
कार्यालयले दर्ता भएकामध्ये हालसम्म ९० देखि एक सय वटा उजुरीहरु फछ्र्योट गरेको जनाएको छ ।
कार्यालयले गत आर्थिक वर्षको फागुन महिनाबाट काम थालेको थियो । कार्यालयले बाँके र बर्दियालाई समेटी काम गर्दै आएको छ ।
कार्यालयमा दर्ता भएका उजुरीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।
– See more at: http://kathmandutoday.com/2015/01/70883.html#sthash.9Ca165b0.dpuf






