गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा रुद्र थापा निर्बाचित

लन्डन। गुल्मी जिल्ला समाज यूकेको अधिवेशन बाट रुद्र थापा निर्बाचित भएका छन् ।

आइतबार अल्डरसटमा भएको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमितिको अध्यक्ष पदमा सहमति बने पछि रुद्र थापा निर्विरोध अध्यक्ष बनेका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मञ्जु भण्डारी र मुकुन्दहरि खराल निर्विरोध भएका छन्। यसै गरी महासचिवमा महलाल घिमिरे,सचिवमा राधा खरेल र प्रबक्तामा वसन्त खनाल छन्।त्यस्तै, कोषाध्यक्षमा तेजबहादुर श्रीष र सहकोषाध्यक्षमा डम्मर श्रीष निर्विरोध भएका छन्।कार्यसमितिको सदस्यमा अर्जुन बस्नेत, दीपक थापा मैथाने मगर, गुनबहादुर थापा, कपुर श्रेष्ठ, काशिराम भण्डारी, माया केसी, रामप्रसाद पन्थी, शर्मिला भण्डारी, सुरेश केसी र सूर्यविक्रम केसी छन्।ट्रस्टीमा तारा भट्टराई हुने गरी सहमति भएको हो ।

संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निर्वाचन समिति बिधान समिति,बिधान समितिको अन्तिम प्रयास पछि सबै उम्मेदवारलाई संगै राखेर सहमति गरे पछि सफल भएको वर्तमान अध्यक्ष वीर बलालले जानकारी दिए।।

फत्त थापा संयोजक रहेको निर्वाचन समितिमा बालजंग अर्याल र राजेन्द्र श्रेष्ठ सदस्य रहेका थिए ।निर्वाचन समिति संयोजक फत्त थापाले निर्वाचनका लागि आवश्यक सबै प्राविधिक तयारी भइरहेको र समयभित्रै सहमति बनेको स्वागत योग्य भन्दै थापाले खुसि व्यक्त गरे