साउथ वेस्ट नेपलिज कम्युनिटीले नयाँ वर्षका शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

सिड्नी । साउथ वेस्ट नेपलिज कम्युनिटी अस्ट्रेलियाले नयाँ वर्ष २०८१ सालको शुभकामना आदान प्रदान सहित विभिन्न मनोरञ्जनात्मक तथा सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । कम्युनिटीले मे ११ तारिखमा विलडोल पार्कमा दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न मनोरञ्जन सहितका अन्य सचेतामूलक कार्यक्रम आयोजना गरेको साउथ वेस्ट नेपलिज कम्युनिटी अध्यक्ष चतुर्भुज खरेलले जानकारी दिए ।

कार्यक्रममा वि.स.२०८१ सालको शुभकामना आदान प्रदान सहित, भेटघाट, विभिन्न सांगीतिक कार्यक्रम र बारबिक्यू कार्यक्रम रहने उनले बताए । कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी जानकारी मूलक प्रशिक्षण सहित मानसिक रोग विशेषज्ञद्धारा मानसिक स्वास्थ्यका विषयमा विशेष प्रस्तुती रहने साउथ वेस्ट नेपलिज कम्युनिटी महासचिव प्रकाश पौडेलले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा अस्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम कैलाशराज पोखरेलको उपस्थिति रहनेछ ।  कार्यक्रममा   लिभरपुल, क्याम्डेन र   स्थानीय काउन्सिलका मेयरहरु समेत सहभागी हुने वताइएको छ ।