सिड्नी । तमु समाज सिड्नीले हिउपति गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । २८ अप्रिल शनिवार सिड्नम लाईब्रेरीमा सम्पन्न अधिवेशनले गुरुङको अध्यक्षतामा आगामी २ वर्षका लागि २६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समाजको उपाध्यक्षमा कुमारी गुरुङ, सचिवमा बविन गुरुङ, कोषाध्यक्षमा निराजन गुरुङ, स्पोर्टस सेक्रेटरीमा लविन गुरुङ, असिस्टेन्ट स्पोर्टस सेक्रेटरीमा विजय गुरुङ चयन भएका छन् ।
त्यसैगरी, आइटी सेक्रेटरीमा विवेक गुरुङ, असिस्टेन्ट आइटी सेक्रेटरीमा कासिफ गुरुङ, कल्चर सेक्रेटरीमा गणेश गुरुङ, असिस्टेन्ट कल्चर सेक्रेटरीहरुमा सम्राट गुरुङ र विन्दु गुरुङ लगायत चयन भएका छन् । महिला संयोजकमा ज्योति गुरुङ, वेलफेयर संयोजकमा नारायणी गुरुङ, स्टुडेन्ट कोअर्डिनेटरमा नारायण गुरुङ र असिस्टेन्ट स्टुडेन्ट कोअर्डिनेटरमा बविन गुरुङ चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा सुरज गुरुङ, सुष्मा गुरुङ, लील गुरुङ, किरण गुरुङ, सन्जित गुरुङ, प्रेम गुरुङ, ङवाङ ग्यास्टो गुरुङ, उदय गुरुङ, सागर गुरुङ, प्रतिभा गुरुङ र गोपाल गुरुङ चयन भएका छन् ।
अध्यक्षमा निर्वाचित भएपश्चात लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै हिउपति गुरुङले बहुसांस्कृतिक समुदायको बसोबासी रहेको अस्ट्रेलियामा तमु समाजले आफ्नो कला, भाषा, संस्कृती र रितिरिवाज संरक्षण संगै समाज घरलाई समेत अगाडी बढाउने गरी विशेष योजनाका साथ काम गर्ने बताए । उनले समुदायमा रहेका अन्य संस्थाहरुसंग पनि निरन्तर सहयोग र सहकार्य गरेर अगाडी बढ्ने बताए । सन् १९९६ बाट तमु समाज सिड्नी गठन भई अस्ट्रेलियामा सक्रिय रहँदै आएको छ । समाजले विशेषगरी ल्होछार लगायतका अन्य गुरुङ समुदायहरुका चाडपर्व, रितिरिवाजहरुमा विशेष कार्यक्रम आयोजना गर्दै आएको छ । अन्य संस्थासंग पनि मिलेर सहयोग र सहकार्य गरेर अगाडी बढ्दै आएको छ ।






