सिड्नी । न्यू साउथ वेल्समा कोभिड – १९ का हालसम्मकै धेरै संक्रमितहरु फेला परेका छन् ।
मंगलवार मेयर ग्लाडिस बेरेजिक्लियनले सार्वजनिक गरेको विवरण अनुसार वितेको २४ घण्टामा ३५६ संक्रमित भेटिएका छन् । त्यस्तै ओभरसिजमा ४ जना संक्रमित थपिएका छन् ।
यससँगै एनएसडब्लुमा हालसम्मका कुल संक्रमितको संख्या ११३६९ पुगेको छ भने १ करोड १ लाख ६९ हजार २४८ परिक्षण गरिएको छ ।
वितेको २४ घण्टामा भने ९५ हजार ३७ नमुना परिक्षणमा सो मात्रामा संक्रमित भेटिएका हुन् ।
३५७ जना अस्पतालमा उपचाररत रहेका छन् । ६० जना आईसीयूमा छन् । निधन हुनेको संख्या ८९ पुगेको छ । वितेको २४ घण्टामा मात्रै सिड्नीमा ३ जनाको मृत्यु भएको छ ।
यस्तै भिक्टोरियामा २० संक्रमित थपिएका छन् भने क्विन्सल्याण्डमा ३ जनालाई कोरोना पुष्टि भएको छ ।
कोभिड १९ महामारी बढ्दै गएपछि सिड्नी डेढ महिनादेखि पूर्ण रुपमा लकडाउनको अवस्थामा छ । शहरका केही क्षेत्रमा संकटकाल समेत घोषणा गर्नुपरेको थियो ।
प्रिमियर बेरेजिक्लियनले सबै नागरिकहरुलाई सचेत भएर रहन आग्रह गरिन् । सरकारले अत्यावश्यक बाहेक अन्य कामको लागि बाहिर ननिस्कन भनेको छ । त्यस्तै लकडाउन सफल बनाउन प्रहरीमात्र समर्थ नभएको कारण सयौँको संख्यामा सेना समेत परिचालन गरिएको छ ।
अष्ट्रेलियामा हालसम्म २२ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् भने ४४ प्रतिशतले पहिलो डोज मात्रै लगाएका छन् ।







