एनआरएनए महिला विभाग ओसनियाले लैङ्गिक हिंसा विरुद्धको १६ अभियान मनाउँदै, यस्तो छ कार्यक्रम तालिका

तक्दीर अधिकारी
सिड्नी । गैरआवासिय नेपाली संघ एनआरएनए महिला विभागले यसपटकको लैङ्गिक हिंसा विरुद्धको १६ अभियान विशेष कार्यक्रमका साथ सम्पन्न गर्र्ने भएकोे छ । २५ नोभेम्बरदेखि १० डिसेम्बर सम्म विश्वरभर मनाइने गरिएको यस १६ दिने अभियान एनआरएनए ओसनिया क्षेत्रीय समितिको नेतृत्वमा कार्यक्रम गर्न लागिएको हो । विगतका बर्षहरुमा भव्य रुपमा कार्यक्रम गर्ने गरिएको भएपनि यस बर्ष कोेरोनाभाइरस महामारीको कारण अनलाईन बाटै कार्यक्रम गर्न लागिएको होे । २५ र २६ गते कार्यक्रममा सहभागि हुनेहरुको नामावली संकलन तथा दर्ताको कार्यक्रम राखिएको छ । २७ २८ र २९ सामाजिक सञ्जालबाट भिडियो पोष्टर सन्देश प्रशारण गरिने भएको छ भने ३० गते औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरिने एनआरएनए महिला विभाग ओसनिया क्षेत्रीय संयोजक जानकी रिमाल पौडेलले जानकारी दिइन् ।

उक्त कार्यक्रमको क्यानबेरा स्थित नेपाली राजदूतावासका राजदूत महेश दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हरेक दिन सिड्नी समय अनुसार साँझ साढे ६ देखि साढे ८ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्ना प्रस्तुतीहरु दिने भएका छन् । जसमा लैङ्गिक समानता कायम गर्न र यसको विभेद अन्त्य गर्ने विषयमा प्रस्तुती दिने कार्यक्रम रहेको छ । समुदाय तथा नीति निर्माणको तहमा महिलाकोे नेतृत्व कायम गर्न, अहिले सम्म हुँदै आएका लिङ्गको आधारमा गरिने भेदभाव अन्त्य गर्न यस कार्यक्रम महत्वपूर्ण हुने संयोजक रिमालले जानकारी दिइन् । सो कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्त सहित आइसीसी, एनसीसी, आरसीका सम्पुर्ण पूर्व तथा बर्तमान पदाधिकारीहरु, सम्पूर्ण महिला विभाग, लगायत एनआरएनएका सबै विभागका पदाधिकारीहरु, समाजका अग्रज, समुदायका अगुवा, प्रतिष्ठित व्यक्तिहरु, संस्थाका प्रतिनिधिहरु, पत्रकारलाई सहभागिताको निम्ती अनुरोध गरिएको रिमालको भनाई छ ।

ओसनियाका महिला विभागको संयोजक जानकी रिमाल पौडेलको नेतृत्वमा गर्न लागिएको कार्यक्रममा एनआरएनए अष्ट्रेलिया आइसीसी सदस्य डा. बसुन्धारा भट्राइ, एनआरएनए न्युजिल्याण्ड आइसीसी सदस्य विद्या बस्नेत, एनआरएनए न्यूजिल्याण्ड महिला विभाग एनसीसी संयोजक अनिता पाण्डे, एनआरएनए एनसीसी महिला विभाग संयोजक सन्ध्या शाह, न्यू साउथ वेल्स राज्य महिला विभाग संयोजक मोनि लिम्बू, भिक्टोरिया संयोजक काजल भण्डारी, साउथ अष्ट्रेलिया संयोजक मन्जु खड्का, एनआरएनए भनौतु महिला संयोजक हर्षना श्रेष्ठ, आइसीसी सदस्य सोनम लामा, तथा एनआरएनए पिएनजी एनसीसी अध्यक्ष मोहन पन्त र महिला विभाग प्रमुख दुर्गा भट्टले आफ्नो कार्यक्षेत्रको नतृत्व गर्दै कार्यक्रम गर्नेछन् ।

न्यू साउथ वेल्स राज्य महिला विभाग संयोजक मोनि लिम्बले तस्मानियाको समेत नतृत्व गर्नेछन् । उनीहरुले आफ्नो कार्यक्षेत्रमा रहेका एनआरएनएका सम्पूर्ण विभाग र आइसीसीका सदस्यहरुको लिड गर्ने भएका छन् । ओसनिया क्षेत्रीय संयोजक रिमालले एनआरएनएका आइसीसी मेम्बर, एनसीसी, एससीसीमा नेतृत्व गरिरहेका महिलाहरुलाई प्रोत्साहन गर्दै कार्यक्रम सफल गर्ने योजना भएको बताइन् ।  उक्त कार्यक्रममा ह्वाइट रिबन अष्टेलिया, राजदूतावास, एसबिएस नेपाली, सिल्भर सिस्टर प्रोडक्सन यूकेले मोटिभेसनल स्पिच दिने कार्यक्रम रहेको छ । यस पटकको कार्यक्रम वाक स्वतन्त्रता अर्थात फ्रि टक्स भन्ने नारा सहित सम्पनन गर्न लागिएको हो । २६ गतेदेखि शुरु भएको कार्यक्रमले डिसेम्बर १० मा स्वतेपत्र जारी गर्दै सम्पन्न हुनेछ । कार्यक्रममा भएगरेका सम्पूर्ण विषयको निष्कर्ष सहितको स्वेतपत्र विभिन्न तहमा पेश गरिने र लेङ्गिक हिंसा अन्त्यको निम्ती खबरदारी गरिने रिमालको भनाई छ ।

यस्तो छ कार्यक्रम तालिका