विनर सर्कलले फुटसल मेनियाको आयोजना गर्दै

तक्दीर अधिकारी
सिड्नी । विनर सर्कल फुटसल मेनिया २०२० जुलाइको अन्त्य तिर आयोजना हुँदैछ। विनर सर्कल मिडियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप सक्रिय गराउन प्रतियोगिता आयोजना गरिएको हो । कोभिड–१९ ले अस्ट्रेलियामा गतिविधि कम भइरहेका बेला अन्तर्राष्ट्रिय विद्यार्थीलाई सक्रिय बनाउन फुटसल प्रतियोगिता आयोजना गरिएको विनर सर्कल मिडियाका प्रशासकीय अधिकृत रोशन खतिवडाले जानकारी दिए ।

जुलाई १ तारिखदेखि अस्ट्रेलियामा खेलकुद गतिविधि केही खुकुलो भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई मानसिक रुपमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । सरकारले तोकेको मापदण्डअनुरुप नै दर्शक उपस्थित रहने अधिकृत खतिवडाले बताए ।

प्रिमो एजुकेशन एन्ड भिसा सर्भिसस टाइटल स्पन्सर रहेको प्रतियोगितामा २० टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । नकआउटका आधारमा प्रतियोगिता खेलाइने छ भने प्रथम, दोस्रो, तेस्रो र अन्तिम चरणमा खेलहरु हुनेछन् ।

प्रतियोगितामा उपाधि जित्नेले ट्रफी र मेडलसहित २ हजार डलर नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ सय डलर पाउने छ । सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि पुरस्कृत हुने छन् भने सहभागी सबैलाई प्रमाणपत्र दिइने छ ।

जुलाई अन्तिममा आयोजना हुने उक्त प्रतियोगिताका लागि टिम दर्ता खुला भइसकेको प्रशासकीय अधिकृत खतिवडाले बताए, उनले भने, अहिलेसम्म ६ टोली दर्ता भइसकेको छ ।  स्र्टाटफिल्ड स्पोर्टस क्लबमा प्रतियोगिता आयोजना हुने तयारी भइरहेको छ ।

शनिबार र आइतबार बिदाका दिनमा प्रतियोगिता हुनेछ । चार साताभित्र प्रतियोगिता सम्पन्न गर्ने योजना रहेको यस् खेलका लागि  एउटा टिममा ८ जना खेलाडी हुनेछन भने एक पटक मा तर मैदानमा ५–५ खेलाडी भिड्ने छन् । लगभग ११ हजार डलर खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।  अधिकृत खतिवडाका अनुसार  थप प्रायोजकहरु को खोजी भइर्हेको छ ।