विमल श्रीवास्तव गच्छदारतिर, वीरगन्जमा राजपालाई धक्का

वीरगन्ज- वीरगन्ज महानगरपालिकाको मेयरका लागि टिकट नपाएपछि राष्ट्रिय जनता पार्टीका महामन्त्री समेत रहेका विमल श्रीवास्तव विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् ।

असोज २ मा हुन लागेको स्थानीय तह निर्वाचनका मुखमा श्रीवास्तवले छाडेपछि राजपालाई वीरगन्जमा ठूलो धक्का लागेको छ ।

यहाँ राजपाले राजेशमान सिंहलाई टिकट दिएपछि श्रीवास्तवले पार्टी छाडेका हुन् । मेयरको टिकटको प्रतिस्पर्धामा रहेका श्रीवास्तवका समर्थक र सिंहका समर्थकबीच निर्वाचनको विषयलाई लिएर केही दिनअघि वीरगन्जमा कुटाकुट समेत भएको थियो ।