लण्डन ।
प्रधानमन्त्री बोरिस जोन्सनले क्रिमसम तथा नया बर्षमा कोरोनाभाइरस संक्रमण नियन्त्रण बाहिर गएको खण्डमा बेलायतमा फेरी लकडाउन गर्ने चेतावनी दिएका छन् ।
भर्खरमात्र लकडाउनबाट बाहिर निस्किएको बेलायतमा कोरोनाभाइरस संक्रमण बढीरहेको र क्रिसमस तथा नयाँ बर्षमा झन व्यापक हुने देखिएको खण्डमा नयाबर्षमा फेरी लकडाउन गरिने उनले चेतावनी दिए ।
एक पत्रकार सम्मेलनमा बोल्दै उनले देशबासीहरुले विशेष गरी ज्येष्ठ नागरिकहरुसंग सम्पर्क नरहन आग्रह गरे ।
प्रधानमन्त्री जोन्सनले भने, हामीले अहिले लकडाउन खूकुलो बनाइरहेका छौँ, तर हामीलाई जोखिम बढ्ने चिन्ता छ, जसले नया बर्षमा देशव्यापी लकडाउन गर्नुपर्ने स्थिती आउन सक्छ ।
देशमा अहिले पनि लकडाउनको अवस्था छ । केही प्रतिबन्धहरु सहित डिसेम्बर २ मा लकडाउन हटाइने छ । तर क्रिसमसको अवसरमा ५ दिन भने प्रतिबन्धहरु हटाइने भएको छ । क्रिसमसमा यसरी प्रतिबन्ध हटाइदा कोरोनाका बिरामीहरुको संख्या बढ्न सक्ने भएकोे कारण नागरिकले सचेतना नअपनाएको खण्डमा नया बर्षको उपहार लकडाउन हुने प्रधानमन्त्रीले चेतावनी दिएका यहाको स्थानीय पत्रीका मेट्रो दैनिकले जनाएको छ ।
यो पनि इंग्ल्याण्डमा हट्ने भयो लकडाउन,के गर्न पाइन्छ के पाइदैन ?






