लण्डन । बेलायतबाट सञ्चालित रेमिट्यान्स कम्पनी आईएमई लण्डनले वित्तिय क्षेत्रबाट समाजसेवा गर्ने नया आयामको सुरुवात गरेको छ।
सामाजिक कार्य गर्ने पवित्र उद्धेश्य सहित नेपाल रकम पठाउँदा कम्पनीको तर्फबाट पनि निश्चित रकम थप गर्ने नया काम थालिएको हो ।
कम्पनीका निर्देशक कमल पौडेलले सामाजिक सेवाको अभियानमा आफ्नो पनि साथ र सहयोग पुर्याउने उद्धेश्य सहित यसप्रकारको अभियान थालेको जानकारी दिए ।
उनका अनुसार बेलायतबाट संस्थागत रुपमा स्वदेश रकम पठाउँदा ०.७ प्रतिशत रकम थप गरिनेछ । उदाहरणको लागि कसैले १ लाख नेपाली रुपैया बराबर नेपाल पठाउँदा कम्पनीले ७ सय रुपैया थपिदिने छ ।
लण्डन नेपाल न्यूज संग कुराकानी गर्दै निर्देशक पौडेलले समाजसेवा जस्तो पवित्र काममा आफ्नो र आफ्नो कम्पनीको पनि उत्तरदायित्व होस भन्ने चाहना राखिएको बताए । “थोरै मात्र भएपनि योगदान दिने हाम्रो चाहना हो”, उनले भने, “जसले जे बाट जसरी सकिन्छ त्यही अनुसार सेवा गर्ने त हो ।” उनका अनुसार यो अफर २०७६ को अन्त्य सम्मको निम्ती लागू हुनेछ ।
सन् २००३ मा आईएमई यूके स्थापना गरी रेमिट्यान्स व्यवसाय शुरु गरेका पौडेलले सन् २००७ देखि आईएमई लण्डन सञ्चालन गर्दै आएका छन् ।
कम्पनीका निर्देशक पौडेल गैरआवासीय नेपाली संघ एनआरएनए युकेका सल्लाहकार हुँदै सक्रिय अभियन्ताका रुपमा समाज शेबा गर्दै आइ रहेका छन् ।






