अष्ट्रेलियाका स्थानीय सासंदद्वारा एनआरएनए अष्ट्रेलिया एससीसी टास्कफोर्स सम्मानित

तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा रहेका ६ जना नेपालीहरुलाई ओट्लेका स्थानीय सासंद मार्क कौरले एसटी जर्ज कम्युनिटी अवार्डले सम्मान गरेका छन् ।एनआरएनए एससीसी सहसचिब तिर्थ कार्की, सदस्य अन्जु शाह, तमु समाज अष्ट्रेलियाका सल्लाहकार युवराज गुरुङ, पेन्चर्स नेपाली समुदायका अध्यक्ष लक्ष्मण श्रेष्ठ, समाजसेवी तथा नाइफाको कार्यकारी सदस्य रोशनी श्रेष्ठ र सुदूरपश्चिम समाज अष्ट्रेलियाको अध्यक्ष तोरन अवस्थीले उक्त अवार्ड सहित सम्मानित भएका हुन् ।

नेपाली विद्यार्थीहरुलाई सहयोग गर्न एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथवेल्स राज्य परिषदका संयोजक देव गुरुङको नेतृत्वमा एनआरएनए एससीसीका सदस्यहरुले समस्यामा परेका विद्यार्थीहरुलाई राहत प्रदान गर्ने, उनीहरुमा परेको मानसिक तनाव कम गर्न विभिन्न मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यलाई मूल्याङ्कन गरी अष्ट्रेलियामा रहेका अन्य संघसंंस्थाहरुले पनि धन्यवाद दिएका थिए । त्यसै क्रममा सांसद कोरले पनि सामुदायिक अवार्ड सहित सम्मान प्रदान गरेका हुन् ।


नेपालीहरुले गरेको उक्त कार्यलाई पहिचान गरी भेटेरै सम्मानपत्र प्रदान गरेकोमा आफुहरु निकै हर्षित भएको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य संयोजक देव गरुङ्गले बताए । एनआरएनएसँंगको सहकार्यमा उनीहरुले गरेको कामले सम्मान पाउँदा समुदाय प्रतिको अपनत्व अझै वृद्धि हुने बताए । हामीहरुले गरेकोे सामाजिक कार्यको सम्मान गर्दै सांसदले प्रदान गरेको अवार्डले आगामी दिनमा पनि यसैगरी काम र्गाे उर्जा मिलेको सम्मानित हुने नेपालीहरुले बताए । कोभिड १९ महामारीको समयमा यसले पुर्याउनको नोक्सानी र मानिसहरुमा परेको समस्या न्यूनिकरणमा महत्वपूर्ण योगदान खेलेको भन्दै ६ एनआरएनहरु सम्मानित भएका हुन् । कोभिडको समयमा यसबाट प्रभावितहरुको निम्ती सहयोग गर्ने उद्धेश्य सहित एनआरएनए अष्ट्रेलिया र अन्य सामाजिक अगुवाहरु मिलेर कोरोनाभाइरस टास्कफोर्स गठन गरिएको थियो । सोहि टास्कफोर्स मार्फत महामारी नियन्त्रण गर्न आह्वान गरिएको लकडाउनको कारण समस्यामा परेका १६ सय भन्दा बढी मानिसहरुलाई सहयोग गरिएको थियो । जसमा ११०४ सूचिकृत विद्यार्थी रहेको थिए भने ५ सय भन्दा बढी विद्यार्थी सहित अन्य नेपालीहरु रहेका थिए ।