गुल्मी ।
गुल्मीको इस्मा गाँउपालिकामा सवारी जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै आज बिहान ७ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा इस्मा गाँउपालिका ४ हुल बस्ने अन्दाजी ६५ बर्षीय डम्बर बहादुर धिताल, सोही ठाँउबस्ने ३३ बर्षी चिब बहादुर दर्लामी, ३० बर्षीय बसन्त दर्लामी, ३३ बर्षीय धन बहादुर अछामी र मालिका गाँउपालिका ५ का ८० बर्षीय सुन्दरी थापाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा इम्मा ४ बस्ने १९ बर्षीय फर्सुराम थापा गम्भीर घाइते छन्। त्यसैगरी २८ बर्षीय सरस्वती दर्लामीको हात भाचिएको तथा २६ बर्षीय कमल धिताङको हातमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको खोजी भइरहेको छ ।
२ जना घाइतेको उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । १० जना सवार रहेको जीप अनियन्त्रित भइ सडकबाट ४ सय मिटर तल खसेको प्रहरीको भनाई छ । घट्ना स्थलमा प्रनानि मोहनलाल अधिकारीको कमान्डमा ५ जनाको प्रहरी टोलि खटिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष चन्दको नेतृत्वको समुह पनि घट्नास्थल पुगेको छ । सवारी चालक इस्मा ७ बस्ने २४ बर्षीय बुद्ध बस्नेतलाई नियन्त्रणमा लिइएको छ ।
गुल्मीमा जीप दुर्घटना : ५ जनाको मृत्यु, ३ जना घाइते






