लण्डन । प्रवासमा सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मी चिरन शर्मा गैर आवासीय नेपाली संघ बेलायत ९एनआरएनए यूके० मा करिब डेढ दशक देखि सक्रिय छन् । सञ्चारकर्म गर्दै गैर आवासीय नेपाली संघको गतिविधिलाई अन्तर्राष्ट्रियकरण गर्न शर्मा विश्वभरका एनआरएन गतिविधिमा सकृय रुपमा संलग्न छन् ।
नेपालको पुख्र्यौली थलो बाग्लुङको अमलाचौर भएका शर्मा हाल लण्डनबाट नागरिक दैनिकमा संलग्न रहँदै सामाजिक काममा उत्तिकै सक्रिय छन् । सन् २००२ मा अध्ययनको सिलसिलामा प्रवासिएका शर्मा गैरआवासीय नेपाली संघ यूकेमा १७ सेप्टेम्बर २००५ देखि आबद्ध भएका हुन् । सन् २००७ मा नै एनआरएनए यूके कार्यसमिति सदस्य भइसकेका उनले गैरआवासीय नेपाली संघ यूरोप पहिलो सम्मेलन आयोजक समितिको उपसंयोजक भै काम गरिसकेका छन् । शर्मा गैरआवासीय नेपाली अभियानलाई निकै नजिकबाट नियाल्नेमध्येमा पर्दछन् ।
बेलायतमा निकै सक्रिय र धेरैले नजिकबाट चिन्ने शर्मा एनआरएन राजनीतिमा अब्बल छन् र उनको अबको यात्रा पनि एनआरएनका लागि आवश्यक रहेको कतिपयको टिप्पणी छ । सन् २०१० पछिका प्राय जसो अन्तर्राष्ट्रिय सम्मेलनमा सकृय सहभागी भएका शर्मा सन् २०१६ मा अमेरिकाको न्यूजर्सीमा आयोजित क्षेत्रिय सम्मेलनमा पनि सहभागी थिए । एनआरएन यूरोप क्षेत्रिय बैठकका विभिन्न संस्करणमा महत्वपूर्ण भूमिकामा रही मिडिया संयोजकको भूमिका निर्वाह गरिसकेका छन् उनले । क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको सिलसिलामा घोषणापत्र तथा अवधारणापत्र लेखनमा समेत दख्खल राख्दछन् उनी ।
हाल सन् २०१५— १७ मा गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार रहेका शर्मा गैरआवासीय नेपाली संघको केन्द्रीय नीति तथा अनुगमन समितिको सदस्यका रुपमा योगदान गर्दै आएका छन् । पत्रकार महासंघ यूके शाखा र एनआरएन यूकेद्धारा संचालित एनआरएन पत्रकारिता पुरस्कारको अक्षयकोष संचालन समितिको सदस्य भई सकेका उनी गैर आवसीय नेपाली संघको अन्तर्राष्ट्रिय हरेक गतिविधिलाई नजिकबाट नियालेका छन् । शर्माले एनआरएनकै माध्यमबाट समाजसेवामा पनि पाइला अगाडि बढाएका छन् ।
विशेषत एनआरएन अभियन्ता र पत्रकारका रुपमा पहिचान बनाएका शर्मा एनआरएन यूकेको पहिलो मुखपत्र सात समुन्द्रपारीमा सम्पादनमण्डल, सन् २००७ देखि नेपालब्रिटेन डट कमको संस्थापक प्रधानसम्पादक, नेपाल पत्रकार महासंघ यूके शाखाको स्थापनाको लागि महत्वपूर्ण भूमिका खेल्दै साधारणसदस्य देखि अध्यक्ष र हाल सल्लाहकारको भूमिकामा छन् । शर्मा सन् २००३ मा बेलायतको पहिलो नेपाली म्याग्जिन लण्डन पोष्टको सम्पादक भई सफलतापूर्वक कार्य सम्पादन गरिसकेका छन् ।
लण्डनबाट सन् २००५ मा प्रकाशित चौतारी त्रैमासिकको पत्रिकाको सम्पादक, एनआरएन यूकेद्धारा प्रकाशित एनआरएनपत्र मूखपत्रको सम्पादक भैसकेका शर्मा वेलायतको पुरानो संस्था यति नेपाली एसोसिएसनको मुखपत्र यती पत्रको अनलाइन संस्करणको संस्थापक पनि हुन् । सन् २०१२ देखि नागरिक दैनिकसंग आबद्ध शर्मा बेलायतबाट प्रसारण हुने रियाक्सन वीथ चिरन शर्माको प्रिजेन्टरका रुपमा पनि क्रियाशिल छन् । उक्त शो नेपाली टिभी यूकेको चर्चित कार्यक्रम ठानिन्छ ।
प्रवासमा रहेर दर्जर्नौ च्यारिटी कार्यक्रमहरुमा संलग्न शर्मा आफैंंले अध्ययन गरेको वाग्लुडस्थित स्कुल पृथ्वी उच्च माविमा शैक्षिक गुणस्तरको लागि मुख्य अभियन्ता हुन् । फेसबुकबाट आर्थिक संकलन थालिएकोमा अहिले करिब ७० लाख संकलन भैसकेको र अभियानले मूर्तरुप लिदाँ करिब ५ करोडको लागतमा नयाँ विद्यालय भवन बनाउने अभियानमा सक्रिय रहेका छन् । नेपालमा भूकम्प पीडित पत्रकारहरुका लागि १३ लाख संकलन गरि पत्रकार महासंघलाई हस्तान्तरण गर्न मुख्य भूमिकामा संलग्न शर्मा गम्भिर विरामी परेका नेपाली पत्रकारहरुको सहयोगार्थ विभिन्न अभियान संचालन गरि आर्थिक सहयोग गरेको छन् ।
हेल्प नेपाल नेटवर्क र पत्रकार महासंघ यूके शाखाको सहकार्यमा नेपालका विभिन्न समयमा बाढी पीडितका लागि २० लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । क्यान्सर पीडित डा। चित्र वाग्लेको सहयोगार्थ आर्थिक अभियान संचालन गरि २ लाख हस्तान्तरण गरेका शर्मा एक सामाजिक अभियन्ता पनि हुन् । गैरआवासीय नेपाली संघमा सक्रिय शर्मा संस्थाको हितका लागि सदैव अग्रभागमा रहेर योगदान गर्दै आएका छन् ।
संसारभर छरिएका एनआरएन अभियानलाई मुर्त रुप दिन शर्मा जस्ता अनुभवी र जुझारु युवा पुस्ताको नीति निर्माण अर्थात नेतृत्व तहमा सहभागिता आवश्यक ठानिएको छ। शर्माले गैरआवासीय नेपाली संघको केन्द्रिय नेतृत्वसंग समेत निकट रहेको वताउँदै एनआरएन अभियानसंगको लामो अनुभव र सकृयताको कारणले पनि आफूले गैरआवासीय नेपाली संघ अन्तराष्ट्यि परिषद ९आइसीसी० को सदस्यका लागि आगामी अधिवेसनमा उम्मेदवारी दिने निचोडमा पुगेको बताए । उनले गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्वर वेलायतको अल्डरसटमा हुने सातौं अधिवेसनका लागि आइसीसी सदस्यमा उम्मेदवारी दिएका छन् । ३ आइसीसी सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
संघको संगठानिक व्यवस्थापन तथा विधि र विद्यानलाई सकृय रुपमा कार्यान्वयन गरि राष्ट्यि समिति र आइसीसी बीचको संरचनालाई अझ सशक्त र संस्थागत बनाउन पहल गर्ने शर्माले वताए । उनले गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्वर महिनामा हुने अधिवेसन मार्फत केन्द्रिय नेतृत्वमा जाने बाटो तय गरेका हुन् । उनले एनआरएनको सदस्यताको व्यापारीकरण भएको बताउँदै साधारण सदस्यता शूल्क महंगो हुदाँ सर्वसाधारणलाई मर्का परेको जनाए । उनले आफू एनआरएन यूकेको कार्यसमितिमा रहेर काम गर्दा सदस्यताको लागि ५ पाउण्डमा आजिवन सदस्य बनाउने निर्णय गराउन सफल भएको स्मरण पनि गरे । उनले गैरआवासीय नेपाली संघको सदस्यतामा व्यापारीकरण भएको भन्दै ५ पाउण्डमा आजिवन सदस्य र संघको नेतृत्वमा आउन चाहनेका लागि उम्मेदवारी शुल्क निशुल्क हुनु पर्नेमा जोड दिए ।






