सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलिया अन्तर्गत न्यू साउथ राज्य समितिले अभिभावक वनभोज कार्यक्रम गर्ने भएको छ । २३ मार्च २०२४ शनिवार क्यारिज शेड वार्फ रोड फोरशोर पार्क न्यूकासलमा नेपालदेखि अस्ट्रेलिया भ्रमणमा रहनुभएका अभिभावकहरुका लागि समर्पित गरेर वनभोज कार्यक्रम आयोजना गरिएको न्यू साउथ वेल्स सह-संयोजक दीपा जोशीलेले जानकारी दिइन ।
वनभोज कार्यक्रममा पार्कको अवलोकन संगै निशुल्क स्वास्थ्य चेकजाँच, दन्त परिक्षण, मिष्ठान्न भोजन संगै अन्य मनोरञ्जनात्मक कार्यक्रम रहने एनआरएनए अस्ट्रेलिया एनएसडब्ल्यू समितिले जनाएको छ । अभिभावक पिकनिक कार्यक्रमका लागि सिड्नीका विभिन्न स्थानहरुबाट बस सेवा सञ्चालन हुने बताईएको छ । कार्यक्रममा सहभागी हुन अभिभावकहरुका लागि प्रवेश २५ डलर शुल्क र अन्य सहभागीहरुका लागि ५० डलर सहयोग शुल्क निर्धारण गरिएको र त्यो मूल्यमा जाने आउने यात्रा खर्च साथै बिहानको पूरा नाश्ता र खाजा उपलब्ध गराइने कार्यक्रम संयोजक दीपा जोशी लगायत राज्य समिति टीमले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन अनलाईन फारम भर्न या टेलिफोन मार्फत पनि सम्पर्क गर्न सकिनेछ समितिले जनाएको छ । कार्यक्रममा जानको लागि सिड्नीका विभिन्न क्षेत्रहरूबाट बसहरु छुट्ने र आफ्नो स्थानीय क्षेत्र संयोजकलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ। व्यवसायी, समाजसेवी, स्वंयसेवक, डायस्पोराको समस्त नेपाली समुदायलाई अभिभावकहरुलाई स्वागत एवम् सम्मान गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरिएको समितिले जनाएको छ।







