जनसम्पर्क समिति अस्ट्रेलियाले गर्यो पूर्व राज्यमन्त्री उदयशमसेर राणासंग अन्तरक्रिया

सिड्नी । नेपाली काँग्रेसको प्रवास स्थित जनसम्पर्क समिति अस्ट्रेलियाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व राज्यमन्त्री एवम् प्रतिनिधि सभा सदस्य उदयशमसेर राणासंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । ८ डिसेम्बर शुक्रवार ग्रानभिलमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सहित जनसम्पर्क समिति अष्ट्रेलिया,विभिन्न राजनीतिक दलका नेता  तथा सामाजिक संस्थाका प्रतिनिधिहरु  विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अस्ट्रेलियामा आएका राणालाई भव्य स्वागत सहित सम्मान व्यक्त गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राणाले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरु र आप्रवासीहरुलाई राहदानी बनाउन समस्या भएको भन्दै यसको सहजताका लागि आफुले समाधान गर्न राजदूताबास संग छलफल गरेर त्यसका लागि पहल गर्ने बताए । उनले अस्ट्रेलियामा संघियताकै कारण विकास भएको भन्दै नेपालमा पनि तत्कालका लागि फाईदा नदेखिएपनि दिर्घकालमा संघियताले ठुलो उपलब्धी दिने बताए ।

 जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सुरेश रनसिंह गुरुङले लामो समयदेखि एनएसडब्ल्यूमा रिक्त रहेको महावाणिज्यदूत नियुक्तीका लागि नेपाल सरकार संग आग्रह गरे  ।अष्ट्रेलियामा रहेका नेपालीहरुको हकहितका लागि जनसम्पर्क समिति अस्ट्रेलियाले सधैं आवाज उठाउदै आएको भन्दै आफ्नो कार्यकालमा  यस्लाई अझ सशक्त बनाउने वताए । 
 कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष डा. बिनोद श्रेष्ठ, रिजनल कोअर्डिनेटर दिनेश पोखरेल, एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष नन्दु गुरुङ, पूर्व उपाध्यक्ष तथा  न्यू साउथ वेल्स राज्य संयोजक  देव गुरुङ, जनसम्पर्क समिति अस्ट्रेलियाका उपाध्यक्ष राजेश केसी, नेपाली काँग्रेस पर्वतका उपसचिव एवम् प्रवक्ता अच्यूत तिवारी, ओएनएफ अस्ट्रेलिया  अध्यक्ष केशव जोशी,  एनएडिएफ अध्यक्ष भिष्म भण्डारी, युवा व्यवसायी सञ्जिव शर्मा महिला व्यवसायी रञ्जु वाग्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अर्जुन गौतम , एनआरएनए एनएसडब्ल्यूका कोषाध्यक्ष सन्दिप अधिकारी, सचिव राज गुरुङ, एनएडिएफ पूर्व अध्यक्ष   सुरेन्द्र सापकोटा, पोखरा समाजअस्ट्रेलियाका अध्यक्ष  तारा गुरुङ , बार्डिया नेपलिजका अध्यक्ष रञ्जिराज वन्त, जनसम्पर्क समिति क्यानबेरा संयोजक ललित मल्ल, मेलवर्नबाट जनसम्पर्क नेता देवन्द्र बस्नेत, क्यानबेराबाट कर्मा लामा, ग्रानभिल नेपलिजका अध्यक्ष भिम बस्नेत,अष्ट्रेलियाको लागि नेपाली  पूर्व राजदूत महेश दहाल, व्यवसायी अमृत तिवारी , एनआरएनए अस्ट्रेलिया खेलकुद संयोजक ईश्वर पहारी, युबा व्यवसायी सुबाश तमाङ  लगायत  नेपाली काँग्रेसका सुभेच्छुक सहित विभिन्न संघ संस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  जनसम्पर्क समिति  न्यू साउथ वेल्स राज्य संयोजक शितल गिरि को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महामन्त्री रोहित खड्काले गरेका थिए ।