तक्दीर अधिकारी
सिड्नी । बहुसांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको भिक्टोरिया राज्य पनि विस्वभरका देशका नागरिकको साझा घरको रुपमा मानिन्छ । यहाँका अधिकांश नागरिक विभिन्न देशका छन् । भिक्टोरिया राज्य सरकारले यसभित्र बसोबास गर्ने सबै देशका महत्वपूर्ण चाड पर्ब मनाउन र तिनीहरुको संरक्षण र प्रबर्द्धन गरी सबैलाई एकताबद्ध गरी अगाडि बढ्न भिक्टोरियन बहुसांस्कृतिक आयोगमार्फत काम गर्ने गर्छ ।
आफ्नो कामलाई ब्यबस्थित गर्नका लागि यस्ले दुइ-दुइ बर्षमा दुई बर्षका लागि सल्लाहकारहरु नियुक्त गर्ने क्रममा २०१९-२१ का लागि बारवन साउथ वेष्ट रिजनको प्रतिनिधित्व हुने गरी जिलोङ निवासी ज्ञानेन्द्र उप्रेतीलाई नियुक्त गरेको छ ।
सोसियल वर्क्समा मस्टर्स र अन्तराष्ट्रिय बिकासमा ग्राजुएट डिप्लोमा गरेका उप्रेतीले युनाइटेद अरब एमिरेटसमा जिइसिओमा बिजिनेस डेभलपमेण्ट मैनेजर, कम्युनिटी इन्फरमेशन एण्ड सपोर्ट भिक्टोरियामा प्रोजेक्ट अफिसर, दि साल्भेसन आर्मी भिक्टोरिया एन्ड सेण्ट जोन अफ गड हस्पिटलमा सोसियल वर्कर, अस्ट्रेलियाको भिक्टोरियाको रेडक्रसमा केस मैनेजरको अनुभब बटुल्नुका साथै जिलोङमा हुने बिभिन्न पाको फेस्टा, भिजिट नेपाल जस्ता गतिबिधिहरुमा पनि सकृय छन ।






