एनआरएनएले विभाग, संरक्षक र सल्लाहकार तोक्यो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित टिमले विभाग, संरक्षक र सल्लाहकार समिति गठन गरेको छ । नवनिर्वाचित टिमको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मानव कल्याण, व्यापार तथा लगानी, सीप, ज्ञान, र नवप्रवर्तन, नेपाल प्रवद्र्धन) निर्माण गर्ने र विभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुको रहने व्यवस्था गरेको छ । एनआरएनए फाउण्डेसन स्थापना गरी परोपकारका सबै कार्यक्रम यसै फाउण्डेसनमार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । प्रथम एनआरएन विज्ञ गर्ने निर्णय गरिएको छ । क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

संघको संरक्षक समिति गठन
बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारी र सदस्यको सहमतिमा प्रमुख संरक्षक शेष घले चयन हुनुभएको छ । यस्तै संरक्षक समितिको सदस्यहरुमा डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा चुनिनु भएको छ ।

सल्लाहकार समिति गठन
बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाकार समितिमा समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुलआचार्य युके, सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टीबी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भट्टराई (अमेरिका) रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *