अल्डरसटमा स्याङ्जा समाज र केन द्धारा माक्स र सेनिटाइजर वितरण(फोटो फिचर)

शिब भण्डारी

लन्डन ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९ ) संक्रमणबाट बचाउन स्याङ्जा समाज युके र केन समितिद्धारा अल्डरसटमा निशुल्क मास्क र सेनिटाइजर वितरण गरेको छ ।

स्याङ्जा समाज युके र केन च्यारिटी सस्थाको सहकार्यमा १२ जुलाई २०२० आइतबार विशेष कार्यक्रम सहित अल्डरसट स्थित पूर्व गोर्खा सैनिकका परिवारहरु जेष्ठ सदस्य बुबा आमाहरुलाई माक्स र सेनिटाइजर वितरण गरिएको हो ।

कार्यक्रमको अध्यक्षता श्री शारदा गुरुङले गर्नु भएको थियोे भने समाजका ट्रस्टिज मे• कुमार गुरुङ ट्रस्टिज थर्कसेन बरिस्ठ सल्लाहकार दिपक गुरुङ ,उपाध्यक्ष भरत गुरुङ कोषअध्यक्ष बिष्णु थापा सदस्य बिजय राना अल्डर्सोट युथअध्यक्ष राजेन्द्र गुरुङ उपस्थित हुनु भएको थियोे भने उपस्थित १०० भन्दा बढी घर परिवारलाई माक्स र सेनिटाइजर वितरण गरिएको छ ।

स्याङ्जा समाजले गर्नु भएको यो सहयोग प्रती उपस्थित सबै बुबा आमाहरु खुसी मुद्रामा समाजलाई धन्यवाद समेत दिनु भएको थियोे । कार्यक्रममा अध्यक्ष श्री शारदा गुरुङले उपस्थित सबै जेष्ठ सदस्यहरुलाई यस् परिस्थितिमा सुरक्षित रहनु हुन अग्रह गर्नुको साथै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनु हुदै कार्यक्रम समापन भएको थियोे ।

यसअघि पनि संघले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी सम्बन्धी सचेतना फैलाउँदै आएको बताउदै सर्वसाधारणलाई भाइरसबाट जोगिन मास्क लगाउने गर्नुपर्छ भन्ने सचेतना जगाउँदै मास्क,सेनिटाइजर उपलब्ध गराइएको उपाध्यक्ष भरत गुरुङले लन्डन नेपाल न्युज लाई बताए ।