माओवादी हेडक्वार्टर बैठक स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक स्थगित भएको छ । बिहिबार दिउँसो तीन बजेको लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बलदेबले प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक स्थगित गरिएको जानकारी दिए ।
आजको बैठकमा चुनावको मिति, राज्य पुर्संरचना आयोगको प्रतिवेदन, सांगठनिक विषयलगायतका विषयमा छलफल हुने तय गरिएको थियो ।