तक्दीर अधिकारी
एडिलेड । नेप्लिज इन एडिलेडले टेबल टेनिस प्रतियोगिता पहिलो पटक आयोजना गर्ने भएको छ । मार्च २१ शनिबारका दिन फ्रेस चुल्हो रेष्टुरेन्टमा आयोजना हुने उक्त प्रतियोगितामा ५० खेलाडीले भाग लिने कार्यक्रम संयोजक सञ्जिव लामिछानेले जानकारी दिए ।
एडिलेडमा बसोबास गर्ने नेपाली समुदायमा एकजुट पारी भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने संयोजक लामिछानेले बताए । संयोजक छामिछानेका अनुसार प्रतियोगीहरुलाई चार समुहमा विभाजन गरिएको छ । समूहअन्तर्गत बच्चा समूह (१८ वर्ष मुनि), पुरुष (१८–३५), महिला (१८–३५) र अर्को ३५ वर्षमाथिका प्रतियोगी रहने छन् ।
कार्यक्रममा प्रवेश शुल्क १० डलर्स लाग्ने छ भने खाजा नास्ताको व्यवस्था पनि गरिएको कुरा आयोजक नेप्लिज इन एडिलेडले बताएको छ ।






