काठमाडौँ- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा उच्चस्तरीय हस्ताक्षर समारोहमा भाग लिन अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा यही शुक्रबार(२२ अप्रिल)मा संयुक्त राष्ट्रसङ्घका महासचिव वानकी मुनले सञ्चालन गर्न लाग्नुभएको ‘पेरिस सम्झौता’को उक्त समारोहमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
फ्रान्सको राजधानी पेरिसमा सन् १२ डिसेम्बर २०१५ मा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय रुपरेखा सम्मेलनले पेरिस सम्झौता ग्रहण गरेको थियो । उक्त समारोहमा उपप्रधान मन्त्री थापाले नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्नुका साथै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।






