काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेसमा जारी आन्दोलनलाई देशब्यापी बनाउने तयारी थालेको छ ।
शनिबार बसेको मोर्चाको बैठकले हिमाल, पहाड र तराई सबै क्षेत्रमा आदिवासी जनजाती र दलित समूदायलाई समेत समेटेर आन्दोलन गर्ने निर्णय गरेको हो ।
संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तिनकुनेमा बसेको मोर्चाको बैठकले पटक पटक वार्ता भएपनि सरकार मधेशी मोर्चाका माग सम्बोधन गर्न उदासिन रहेको निष्कर्ष समेत निकालेको छ ।
नाकाबन्दी हटेको लामो समयसम्म पनि इन्धन आपुर्ती सहज नभएकोमा मोर्चाले आपत्ति जनाएको छ । नाकाबाट पर्याप्त मात्रामा इन्धन भित्रिएको भएपनि कालोबजारीलाई सहयोग गर्न सरकारले कृत्रिम अभाव सृजना गरेको मोर्चाको आरोप छ ।







