गोरखा- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले डा. बाबुराम भट्टराईले नयाँ शक्ति गठनको नाममा चालेको कदम राष्ट्र र जनताको हितविपरित भएको बताएका छन् ।
शनिबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी छाडेर भट्टराईले आफूलाई मत दिने गोर्खाली जनता र पार्टीलाई घात गरेको टिप्पणी गरे ।
भट्टराईको पराजयकोक्रम सुरु भइसकेको भन्दै दाहालले अब कसैले पनि भट्टराईमाथि विश्वास गर्न नसक्ने बताए ।







