सभापतिमा उम्मेदवारी दिन्छु, पछि हट्दिनँ : सुजाता

Sujata-Koiralaकाठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनाइ दोहोर्‍याएकी छन् ।

शनिबार रिपोर्टर्स् क्लबमा उनले आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको भन्दै अब पछि नहट्ने बताइन् ।

कतिपयले आफ्नो क्षमताप्रति अविश्वास गर्ने गरेपनि आफू कांग्रेसलाई अघि बढाउन सक्षम रहेको उनको भनाइ थियो ।

अब पार्टीमा युवाहरुले महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने भन्दै उनले आफूलाई सबैपक्षको सहयोग प्राप्त हुने विश्वास लिएको पनि बताइन् ।