लण्डन । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता समिति ( CNCBG) को नेपाल टिम भूतपूर्व शैनिक कल्याणकारी समिति नेपालले विदेशमा रहेका गोर्खा नेपाली र नीजका सन्ततिहरुका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको माग गर्दै माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।
नागरिकता एन २०६३ को दफा १० उप दफा १ मा उल्लेखित कुनै पनि नेपालिले बिदेशी नागरिकता लिनासाथ निजको नेपालि नागरिकता सोतह खारेज हुनेछ भन्ने उक्त प्रावधान तृपक्षीय सम्झौता अनुसार बृटेनको सैन्य सेवामा राज्यलेनै खटाएका तथा दुबै देशको सहमतिमा बेलायतको आवासीय सुबिधा प्राप्त गरि अस्थायी रुपमा बेलायतमा रहेका गोर्खालि र उनका सन्तति हरुको हकमा भने लागु हुने छैन भन्ने वाक्यांश थप गरि संसोधन गरियोस भन्ने मागबारे सम्मानिय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्युलाई गत २८ जेठ २०८० मा बुझाईएको ज्ञापन पत्र लाई फ्लोअप गर्ने तथा गठबन्धन सरकारलाई CNCBG को माग बारे सुसुचित गराउने उद्देश्यले गत सोमबार साउन ८ गते २०८० का दिन सिएन्सिबिजि को नेपाल टिम(भुपु सैनिक कल्याणकारि समिती नेपाल)को संयोजक्त्व तथा संस्थाका उपाध्यक्ष हुम बहादुर थापाज्युमगरज्युको नेतृत्वमा एक प्रतिनिधिमन्डलले माननीय गृह मन्त्री नारायणकाजि श्रेष्ठज्युलाई वहाँकै कार्यकक्ष सिंहदरबारमा भेटि गोर्खा र उनका सन्ततिको नागरिकता निरन्तरता बारेको सो ज्ञापन पत्रमा उल्लेखित मागमा नागरिकता एन २०६३ को धारा १० उपधारा १ गोरखा र उनका सन्ततिलाई लागु हुने छैन भनि वाक्य थपि संसोधन गर्न सरकार द्वारानै पहल गरिदिन अनुरोध गर्दै प्रस्ट पारेर ज्ञापन पत्र बुझायो।
ज्ञापन पत्र बुझाउन भुकु सैनिक कल्याणकारि समिति नेपालका उपाध्यक्ष हुमबहदुर थापा मगर,समितीका कोषाध्यक्ष के.बि राना मगर,सचिब-अधिबक्ता चेत बहादुर आले मगर,समितिका सदस्य हरु: प्रेम बहादुर पुन मगर,गङगा बहादुर थापामगर, पुगेका थिय , त्यस्तै बागमति प्रदेश ललितपुर क्षेत्र नम्बर ३ का साम्सद उर्मिला लामा, बागमति प्रदेशका पूर्व सांसद रामकाजि महर्जन र मगराँत मुक्ति मोर्चाका केन्द्रिय सदस्य राम आले पनि सहाभागि हुनु भएको थियो। भेटकोक्रममा माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्री श्री नारायण काजी श्रेष्ठ ज्युले तपाईहरुको माग र समस्या बारे अध्यन गरेको, मनमस्तिस्कमा राखिसकेको,म सचेत पनि छु र आफुले बडो चासोका साथ सकारात्मक रुपमा लिएको बताउदै मन्त्री परिषद तथा सर्वदलिय समिति माझ पनि अझै ससक्त रुपले आफुले उठानगरि सबैको सहमतिबाट ,तपाईहरुको माग संबोधन गर्न एन संसोधन गर्ने छौं भन्दै ढिलो चाँडोकोमात्रको कुराहो तपाइहरुको मागको सुनुवाई भएरै छाड्नेछ चिन्ता नलिनु होला भन्नु भयो।
समितिका कोषाध्यक्ष के.बि रानाले हाम्रो छोरा छोरिले बेलायतमा अध्यन गर्दा गोरा सरह सुबिधा नपाएको र अध्यन फि महङ्गो भएकाले बेलायतको रातो पास्पोर्ट रहरले नभै बध्यतावश लिनपरेको र अध्यनपछि नेपालमै फर्कने हुँदा उनिहरुको नागरिकता निरन्तरता हुनु पर्नेमा जोड दिनु भयो। भूपू सैनिक कल्याणकारी समिति,नेपाल र CNCBG टोलीले सम्माननीय प्रधान मन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई प्र.मं निवास बालुवाटार पुगेर २०८० जेठ २८ गते बंशजको नेपाली नागरिकता निरन्तरताको बारेमा ज्ञापनपत्र बुझाएको थियो । यो बिषयमा प्र.मं.प्रचण्ड सकारात्मक रहेको र आफ्रनो सरकारकै पालामा समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
स्मरण रहोस: यो संस्थाका संस्थापक अध्यक्ष स्व.क्या.यमबहादुर बुढाथोकी मगरको समितिले स्थापनाकाल (बि.स.२०६०) देखिनै पूर्व प्रधान मन्त्री,मन्त्री,प्रतिनिधि सभा र राष्ट्रिय सभाका सभामुख, उपसभामुख , विभिन्न दलका नेता तथा साम्सदहरु , कानुनविद्ध, मानवअधिकारबादी र नागरिक अगुवाहरुलाई भेटेर बेलायतमा बसोबास गर्ने पूर्वसैनिकका सन्तानलाई बंशजको नेपाली नागरिकता निरन्तरताको लागी सभा,सम्मेलन गरि पहल गरिदिन अनुरोध गरेको थियो । र ,यो काम वर्तमान कार्यसमितिले निरन्तरता गर्दै आएको CNCBGका अध्यक्ष थर्क रानाले लन्डन नेपाल न्यूज़लाई बताए।






