एएफसी यु-२३ च्याम्पियनसिप : नेपाल समूह ‘सी’ मा

एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी यु-२३ च्याम्पियनसिप छनोट खेलको समूह विभाजन गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा बिहीबार सार्वजनिक गरिएको समूह विभाजनअनुसार नेपाल समूह ‘सी’ मा परेको छ।

समूह ‘सी’ को छनोट खेल आगामी मार्च २३ देखि ३१ तारिखसम्म इरानमा हुनेछ। नेपालको समूहमा आयोजक इरान, प्यालेस्टाइन, साविक उपविजेता साउदी अरेबिया र अफगानिस्तान रहेका छन्।

छनोट खेलमा एसियाका ४४ देशले सहभागिता जनाउने भएका छन्। सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ।

एएफसी यु-२३ च्याम्पियनसिपको फाइनल खेल भने सन् २०१६ मा हुनेछ।