नेपालले पाकिस्तानको फैसलाबादमा आयोजना हुने आईएचएफ च्यालेन्ज ट्रफी (जोन- २) को तेस्रो संस्करणमा सहभागिता जनाउने भएको छ। प्रतियोगितामा सहभागी हुन ३६ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ। जोन-२ मा दक्षिण एसियाका आठ नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान, बंगलादेस र अफगानिस्तान तथा यमन गरी नौ राष्ट्रको सहभागिता रहनेछ।
नेपाली ह्यान्डबल टोलीमा १४ पुरु ष र १४ जना महिला खेलाडी सहभागी छन्। टोलीमा दुई पदाधिकारी, चार प्रशिक्षक र दुईजना निर्णायक पनि सहभागी छन्। यु-२१ पुरुष टोलीमा कर्मेन्द्र जैसी, सरुणमान श्रेष्ठ, रूपेश खड्का, अमृत थापा, अंकित क्षेत्री, सन्दिप खड्का, श्रीकृष्ण घर्ती, उदय बोगटी, विजय कार्की, चन्द्र केसी, सन्तोष मगर, अनिश गुरु ङ, राजेश तामाङ र सुजन महर्जन छन्।
यु-२० उमेर समूहमा प्रतिस्पर्धा गर्ने महिला टोलीमा जिना राई, निशा राई, कविता राई, सुस्मिता गुरु ङ, अलिशा लामिछाने, कोपिला श्रेष्ठ, टीकामाया पुन, अनिमा नेपाली, रेसु राई, संगीता श्रेष्ठ, रमिला बस्नेत, सुजाता अधिकारी, लक्ष्मी राई र सपना राई रहेका छन्।
टोलीको अफिसियलमा मीठाराम अधिकारी र सन्देशकुमार रेग्मी, प्रशिक्षकमा रामेश सापकोटा, कृष्णबहादुर शाक्य, भैरव क्षेत्री र विन्दाकुमारी महाराजी तथा निर्णायकमा नवीन श्रेष्ठ र रञ्जना राई रहेका छन्।






