प्रचण्डले बजेट ल्याएर सरकार छाड्ने : पूर्व अर्थमन्त्री पुन

तिलोत्तमा (रुपन्देही), २५ चैत । पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताउनुभएको छ ।

पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि बजेट घोषणा गरेर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिने बताउनुभयो ।

बुटवलमा प्रेस सेन्टर प्रदेश नं ५ को गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले बजेट ल्याएर प्रचण्डले सरकारको नेतृत्व छोड्नु हुनेछ भन्नुभयो ।

उहाँले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको छलफलपछि बजेट बन्ने भएकाले मन्त्री माओवादीको या अन्य पार्टीका जाँदा ठूलो असर नपर्ने बताउनुभयो ।