स्पेनको क्लबले बोलायो विमल, अन्जन र अनन्तलाई

bimal-garthi-magarकाठमाडौं– नेपाललाई अन्तर्राष्ट्रिय फुटबलमा एकपछि अर्को सफलता दिलाउँदै आएको राष्ट्रिय टोलीका तीनजना युवा खेलाडीप्रति स्पेनिस क्लब मार्बेल्ला युनाइटेडले चासो देखाएको छ ।

स्पेनको दोस्रो श्रेणीको क्लब मार्बेल्लाले नेपालको यू १९ टोलीका कप्तान विमल घर्तीमगर, अनन्त तामाङ र अन्जन विष्टलाई स्पेन बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

हालै नेपाललाई तीनवटा ठूला प्रतियोगितामा सफलता दिलाएपछि माबेल्लाले यी युवा खेलाडीलाई आँखा लगाएको हो ।