दक्षिण एसियाली महोत्सवका विजेतालाई शनिबार मन्त्रीको हातबाट पुरस्कार

तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियन साउथ एसियन फोरमले दक्षिण एसियाली फिल्म, कला र साहित्यिक महोत्सव कार्यक्रम गत अगस्ट ४ मा आयोजना ग-यो । कार्यक्रमको ब्रसफाम हाउस इस्टउडमा सांसद जोन एलेक्जेन्डरले उद्घाटन गरेका थिए । कार्यक्रममा सिटी अफ साइडका काउन्सिलर बिरान्ड पुरसेलको पनि उपस्थिति थियो । कार्यक्रमको पुरस्कार वितरण भने अगस्ट १० मा गाला डिनरसहित हुने नेप्लिज अस्ट्रेलियन एसोसिएन (एनएसडब्लु)  का अध्यक्ष तथा  पब्लिक रिलेसन निर्देसक  नगेन्द्र अधिकारीले जानकारी दिए ।

महोत्सवमा दक्षिण एसियाली तथा विभिन्न समुदाय मानिसको उत्साहजनक उपस्थिति थियो । महोत्सवमा कविता वाचन, गायन र नृत्यमा प्रतिभा पहिचानको कार्यक्रम आयोजना गरिएको थियो । नेपाली समुदायबाट अनिशा प्रधान र रक्षा कार्की नृत्युमा र पुरुष एक गायनमा रमन रेग्मी र विधान पाण्डे प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा विष्णु घिमिरेले कविता वाचन गरेका थिए । एनएसडब्लु का अध्यक्ष अधिकारी र विभिन्न संघसंस्थामा आबद्ध पदम शाक्य निर्णाक मण्डलमा थिए ।

बलिउडकी शंसाक केटार फिल्म स्टार हुने भने ओमकार सेठी फिल्म निर्देशक हुन् । कार्यक्रममा बगाली र श्रीलंकन फिल्म निर्देशकसमेत निर्णायक मण्डलमा समावेश थिए । विधान पाण्डेले पुरुष एकल गायकतर्फको उपाधि जिते भने रमन दोस्रो भए । एकल नृत्यमा रक्षा खत्रीले पदक हात पारिन् । विभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वको उपस्थितिमा गाला डिनर अगस्ट १० मा आयोजना हुँदैछ । गाला डिनरका मुख्य आकर्षक मन्त्री भिक्टर डोमिनेलोले विजेतालाई पुरस्कार वितरण गर्नु हुनेछ । प्रत्येक वर्ष आयोजना हुने यस कार्यक्रममा आठ राष्ट्रको नागरिकहरु सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *