गुल्मीका पहिरो पीडितको सहयोगका लागि जापानमा फ्रि मार्केट

टोकियो । गुल्मी जिल्लाका पहिरो पीडितका लागि जापानमा फ्रि मार्केट सञ्चालन हुने भएको छ । पिडितहरुको सहयोगार्थ ग्लोबल नेपाल नेटवर्कले टोकियोको सिन् कोईवास्थित ठमेल हलमा फ्री मार्केटको आयोजना गर्ने भएको छ । आउने २०१९ अगस्त ११ तारेख आईतवार बिहान १० बजेदेखि अत्यन्त सस्तो मुल्यमा फ्री मार्केट शुरु हुनेछ । उक्त कार्यक्रममा परिवारसहित सहभागि हुन संयोजक सुनिलकुमार शाक्यले सम्पूर्ण जापानवासीसँग अनुरोध गरेका छन् ।

उक्त फ्री मार्केटबाट संकलित सम्पूर्ण रकम गुल्मीको पहिरो पिडितहरुको लागि प्रदान गरिने छ । उक्त फ्री मार्केटको लागि राम्रा जापानी लुगाफाटा, बाल बालिकाका राम्रा लुगाहरु तथा किताबहरु २ ट्रक भन्दा बढी सामानहरु जापानीहरुले उपलब्ध गराएको थियो । उक्त कार्यक्रम ग्लोबल नेपाल नेटवर्कको आयोजनामा गुल्मेली समाज जापान र नेपाल मगर संघ जापानको सह-आयोजनामा हुन लागेको हो ।

फ्री मार्केट हुने ठेगाना
ठमेल डाइनिंग:०८०-७९९०-८३०५

1-24-5 Shin-Koiwa,Kstusika-Ku, Tokyo,Japan.B1F, JR Sin-Koiwa Station, South Exit,Walk 2 mins.

〒124-0024 東京都葛飾区新小岩1丁目24−5

समय: बिहान १० बजे बाट २ बजे सम्म

जे आर सिन कोईवा ड़ोंकी खोतेसंगै

सम्पर्क: प्रेमलाल पाण्डे:०७०-३८३६-०२८८ ,सुरज पन्थ:०८०-६६५४-७७०९, सुमन भण्डारी ०८०-३२००-२०५०,रित राना ०८०-३०३९-६०९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *